Trending
>>   महिला साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने >>   उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली >>   आज काग तिहार, कागको पूजा आराधना गरिँदै >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक १४ गते बुधबार, हेर्नुहोस आजको राशिफल >>   नयाँ भूमि समस्या समाधान आयोग गठन >>   कुलमानलाई हटाउने बिषयमा मन्त्रिपरिषद्को यस्ताे निर्णय >>   पुस्तकालय हाेइन आइडिया सेन्टर >>   भाइटीकाकै दिन वर्षाको पूर्वानुमान ! >>   कुलमानलाई हटाउन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !
Logo
१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

काठमाडौं महानगरद्वारा ४ महिनामा २ अर्ब ९२ करोड राजस्व सङ्कलन


काठमाडौं। चालु आर्थिक वर्ष (आव) २०८/८१ को पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाले २७ दशमलव ११ प्रतिशत राजस्व सङ्कलन गरेको छ । साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा २ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको राजस्व विभागले जनाएको छ । उक्त महानगरले चालु आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ भने गएको वर्ष यस अवधिमा २६ दशमलव ४९ प्रतिशत राजस्व उठेको थियो । त्यो वर्ष १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ सङ्कलन भएको थियो । त्यस्तै, प्रशासनिक सेवा शुल्कमा लक्ष्यको सबैभन्दा धेरै १४७ प्रतिशत धेरै रकम सङ्कलन भएको छ भने यसमा २० लाख रुपैयाँ वार्षिक लक्ष्य राखिएकोमा २९ लाख ४० हजार उठाएको हो । त्यसैगरी १ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड ८६ लाख रुपैयाँ अर्थात् २७ दशमलव ९१ प्रतिशत राजस्व सङ्कलन भएको छ भने गत वर्ष यस शीर्षकमा १ अर्ब लक्ष्य राखिएकोमा पहिलो चौमासिकमा ५२ करोड ४७ लाख रुपैयाँ अर्थात् ५२ दशमलव ४८ प्रतिशत राजस्व उठेको थियो ।

यस वर्ष १ अर्ब २० करोड लक्ष्य राखिएको घरजग्गा रजिष्ट्रेसन दस्तुरमा १० करोड ९२ लाख रुपैयाँ अर्थात् ९.१० प्रतिशत राजस्व सङ्कलन भएको छ भने गत वर्ष २ अर्ब ५० करोड रुपैयाँ लक्ष्य राखिएको पहिलो चौमासिकमा ११ करोड ६८ लाख ३५ हजार राजस्व सङ्कलन भएको थियो । त्यस्तै, यस वर्ष २ अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख अर्थात् ३० दशमलव ८० प्रतिशत राजस्व सङ्कलन भएको छ । यही शीर्षकमा गएको वर्ष २ अर्ब लक्ष्य राखिएकोमा ४० प्रतिशत अर्थात् ७८ करोड ३७ लाख सङ्कलन भएको थियो । सो महानगरले पर्यटन शुल्क १० करोड लक्ष्य राखिएकोमा ५ करोड ९१ लाख अर्थात् लक्ष्यको ५९ दशमलव ११ शुल्क आम्दानी भएको छ भने अन्य बिक्रीबाट ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा महानगरले चौमासिक अवधिमै ५० लाख ९६ हजार राजस्व सङ्कलन गरेको हो ।

यसअवधिमा नाता प्रमाणित दस्तुरबाट १७ लाख ७४ हजार, प्रशासनिक दण्ड जरिवानाबाट ७५ लाख ७६ हजार ४३ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट २१ करोड ८१ लाख ४५ हजार २२९ रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त महानगरले यस अवधिमा नाता प्रमाणित दस्तुरबाट ५० लाख रुपैयाँ, प्रशासनिक दण्ड जरिवानाबाट २ करोड रुपैयाँ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ७१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो भने महानगरमा पहिलो ४ महिनामा विज्ञापन करबाट लक्ष्यको ४.९५ प्रतिशत अर्थात् ३९ लाख ५७ हजार रुपैयाँ प्राप्त भएको छ ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?