१० श्रावण, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य रु २६ अर्ब २६ करोड ५९ लाख ७३ हजारमा रु २० अर्ब ४७ करोड पाँच लाख ९७ हजारमात्रै राजस्व सङ्कलन भएको हो । लक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै
९ ,श्रावण ,वागमती । वागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा विपद् प्रभावित किसानलाई रु एक करोड ५७ लाख ७५ हजार राहत वितरण गरेको छ । प्रदेश अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट प्रभावित पशुपन्छी तथा मत्स्य पालक किसानलाई राहत वितरण गरेको हो । राहत वितरणका
९ श्रावण, काठमाडाैँ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट रु ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार गत आवमा रु
९ श्रावण, काँकडभिट्टा । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९÷८० मा पूर्वी नाकबाट रु तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्य बराबरको ताजा
९ श्रावण, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ । सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६ दशमलव १९ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६४ दशमलव ३१
९ श्रावण, काठमाडाैँ । गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको दुई करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका
८ श्रावण, काठमाडाैँ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रू १० खर्ब
८ श्रावण, काठमाडाैँ । लामो समयपछि अण्डा उत्पादक किसानले लागत मूल्य पाउने भएका छन् । उनीहरु लामो समयदेखि लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्न बाध्य थिए । पछिल्लो समय अण्डाको मूल्य बढेसँगै किसानले लागत मूल्य पाउन थालेका हुन् । विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने
८ श्रावण, बाँके । बाँकेमा आन्तरिक खपत तथा निर्यातमा महत्व राख्ने ठूला लगानीका उद्योग थपिँदै गएका छन् । बैजनाथ गाउँपालिकामा सरकारले निर्माण गर्ने भनिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र अलपत्र परिरहँदा उद्योगीले कोहलपुर नगरपािलका र जानकी गाउँपालिका क्षेत्रमा धमाधम नयाँ उद्योग स्थापना तथा सञ्चालन गर्दै आएका छन् । कैलालीको लम्कीमा पशुपक्षी र मानिसलाई
८ श्रावण, काठमाडाैँ । सिद्धार्थ बैंकले 'उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२' अवार्ड पाएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन (गोल्ड अवार्ड)बाट सिद्धार्थ बैंकलाई सम्मानित गरेको हो । गत वर्ष पनि सिद्धार्थ बैंकले 'उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन