Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग


३२ श्रावण, काठमाडाैँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)ले छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग गरेको छ । नेफ्स्कुन को ३६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सो संस्थाले सहकारी क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि छिटो ऐन ल्याउन सो माग गरेको हो ।

नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले वित्तीय सहकारी ल्याउने विषयमा पटक–पटक पहल भए पनि ल्याउन नसक्दा सरकारी क्षेत्रमा समस्या भएको बताए ।

वित्तीय सहकारी अभियानको अवको यात्रा सुशासन र सुरक्षा भएको उनको भनाइ छ । उनले भने, “सहकारी क्षेत्रमा अग्रसर सबैले आ–आफ्नो सहकारी संस्था, सहकारी सिद्धान्त र मूल्य मान्यतालाई आत्मसाथ गरी स्वनियमनमा रही सञ्चालन गर्नुपर्दछ ।”

उनले ढिलै भए पनि नेपालको सहकारी क्षेत्रमा स्थिरीकरण कोषको अवधारणाले मूर्तरुप लिएको बताए । नेपालको नयाँ सहकारी ऐन, २०७४ मा स्थिरीकरण कोषसमबन्धी व्यवस्था गरिएको छ । नेपालको संविधान, २०७२ को धारा ५० उपधारा (३) मा “शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ” भनि उल्लेख गरिएको छ ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले वित्तीय सहकारी अभियानलाई सार्थक बनाउँदै थप उचाइमा पुर्याउनका लागि सो क्षेत्रका सरोकारवाला व्यक्ति नै सक्रिय हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय सहकारी महासङ्घका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारीको विश्व सञ्जाल र नेपालको सहकारी अभियानलाई समन्वय गरी अगाडि बढ्नुपर्ने बताए ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?