३ जेठ, मनाङ । पश्मिनाका लागि चाहिने कच्चापदार्थ च्याङ्ग्राको भूवा सङ्कलन वृद्धि ल्याउने उद्देश्यले मनाङका च्याङग्रापालक किसानलाई च्याङग्राबाट भूवा निकाल्ने आधुनिक विधिबारे प्रशिक्षण दिइएको छ । च्याङग्रापालनमा अग्रणीमध्येको मनाङमा च्याङग्राबाट आधुनिक तरिकाले भूवा निकाल्ने विधिबारेको ज्ञानबाट स्थानीय किसानले च्याङग्राबाट निकाल्ने भूवाको मात्रा तथा गुणस्तरमा अभिवृद्धि हुने विश्वास लिइएको छ ।
३ जेठ, काठमाडाैँ । सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा १ हजार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार १
३ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको छ । अन्तर्राष्टिय दूर सञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल घटाइएको टेलिकमले जनाएको छ । गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका
३ जेठ, काठमाडाैँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेलगत्तै विभागले यात्रुवाहक र मालवाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो । विभागले घटेको मूल्य आज (बुधबार) देखि नै लागू भएको जानकाे छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ३.२० प्रतिशत,
३ जेठ, काठमाडाैँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले डिजेल र मट्टितेलको मूल्यमा आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर रु १० घटाएको छ । पेट्रोल,
३ जेष्ठ ,विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समयदेखि कर नतिरेका उद्योगबाट ठूलो रकम उठाउनुपर्ने देखाएकाले छानबिन प्रक्रिया सुरु गरिने जनाएको छ । अशोककुमार मुराका र कृष्णप्रसाद प्रसाईं साझेदारबाट सञ्चालित अवनिश एग्रिगेट इण्डस्ट्रिज तथा अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसाई साझेदार रहेको ओम साइबाबा क्रसर उद्योगबाट तीन अर्बभन्दा
२ जेठ, एजेन्सी । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सोमबार श्रीलङ्काको आर्थिक सुधारमा भएको प्रगतिको प्रशंसा गरेको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आईएमएफ एसिया र प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्था अन्तर्गत समर्थित सुधार कार्यक्रम बलियो नीतिगत उपायमा निर्मित र पाँच प्रमुख स्तम्भलाई प्राथमिकतामा राखिएको भन्दै
२ जेठ, काठमाडाैँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयाल निगमका अनुसार आज (१६ मे) भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो । जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।
२ जेठ, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब २९ अङ्कले उकालो लागेर एक हजार आठ सय २१ दशमलब ६० मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब
२ जेठ, काठमाडाैँ । होटल सङ्घ नेपाल (हान)ले मौद्रिक नीतिको समीक्षामार्फत समस्याग्रस्त होटल क्षेत्र सम्बोधन गर्ने प्रयास स्वागतयोग्य भएको बताएको छ । होटल क्षेत्रलाई राहत दिने उद्देश्यले २०८० असार मसान्तसम्म कर्जाको पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने घोषित नीतिका लागि हानले नेपाल राष्ट्र बैंकलाई धन्यवाद ज्ञापन गरेको छ । हानको कार्यकारिणी परिषद्