Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जनप्रतिनिधिले खाए ४२ लाखको भात


२० जेठ, जाजरकोट । छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्चबापत ४२ लाख रुपियाँ होटललाई भुक्तानी दिएको छ।

जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि हालसम्मको खाना र नास्ता खर्च नै ४२ लाख रकम भुक्तानी दिइएपछि सर्वत्र आलोचना भएको छ।

छेडागाड नगरपालिका–१२ का वडाध्यक्ष तथा छानबिन समितिका संयोजक प्रेमबहादुर खत्रीले कर्मचारीको मिलेमतोमा खानाको बिल भुक्तानी दिएको आरोप लगाएका छन्। उनका अनुसार न्यौपाने होटलको २५ लाख ६० हजार रुपियाँ भुक्तानी भइसकेको छ।

बाँकी १२ लाख मात्र भुक्तानी हुन बाँकी रहेको बताइन्छ। दीपा होटलको १६ लाख ८५ हजार ५०२ रुपियाँसमेत भुक्तानी भइसकेको जनाइएको छ। २०७९ असार १ गतेदेखि जनप्रतिनिधिले नयाँ जिम्मेवारी सम्हाली सकेपछि दुई वटा नगर सभा भएका छन्। कार्यपालिकाका बैठक १६ वटा भएका छन्। जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले खाना खाने एकै ठाउँमा भएका कारण बिल मिलाउन सजिलो भएको छानबिन समितिका संयोजक खत्रीले जानकारी दिए। छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले खानाको बिल धेरै आएको र अहिले छानबिन जारी रहेको बताए। बिलको अवस्था हेर्दा ठुलै घोटाला भएको अनुमान लगाउन सकिने ठाउँ रहेको उनले बताए। – गोरखापत्र


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?