Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

जनप्रतिनिधिले खाए ४२ लाखको भात


२० जेठ, जाजरकोट । छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्चबापत ४२ लाख रुपियाँ होटललाई भुक्तानी दिएको छ।

जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि हालसम्मको खाना र नास्ता खर्च नै ४२ लाख रकम भुक्तानी दिइएपछि सर्वत्र आलोचना भएको छ।

छेडागाड नगरपालिका–१२ का वडाध्यक्ष तथा छानबिन समितिका संयोजक प्रेमबहादुर खत्रीले कर्मचारीको मिलेमतोमा खानाको बिल भुक्तानी दिएको आरोप लगाएका छन्। उनका अनुसार न्यौपाने होटलको २५ लाख ६० हजार रुपियाँ भुक्तानी भइसकेको छ।

बाँकी १२ लाख मात्र भुक्तानी हुन बाँकी रहेको बताइन्छ। दीपा होटलको १६ लाख ८५ हजार ५०२ रुपियाँसमेत भुक्तानी भइसकेको जनाइएको छ। २०७९ असार १ गतेदेखि जनप्रतिनिधिले नयाँ जिम्मेवारी सम्हाली सकेपछि दुई वटा नगर सभा भएका छन्। कार्यपालिकाका बैठक १६ वटा भएका छन्। जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले खाना खाने एकै ठाउँमा भएका कारण बिल मिलाउन सजिलो भएको छानबिन समितिका संयोजक खत्रीले जानकारी दिए। छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले खानाको बिल धेरै आएको र अहिले छानबिन जारी रहेको बताए। बिलको अवस्था हेर्दा ठुलै घोटाला भएको अनुमान लगाउन सकिने ठाउँ रहेको उनले बताए। – गोरखापत्र


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?