Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

आयआर्जन गर्दै महिला कैदीबन्दी


२० जेठ, तनहुँ । तनहुँ कारागारमा रहेका महिला कैदीबन्दी पछिल्लो समय आयआर्जनमा लागेका छन् । सुरुआतमा कारागारमा रहेका १६ मध्ये पाँच महिला कैदीबन्दीले तानबाट झोलाको कपडा बुनेर आम्दानी गर्न थालेका थिए । हाल कारगारका अन्य महिला कैदीबन्दीले पनि उनीहरुकै सिको गरिरहेका छन् ।

कपडा बुन्न आवश्यक कच्चापदार्थ, तानलगायतको व्यवस्था मिलाएको कारागारकी चौकीदार मनमाया विक बताउँछिन् । पोखरा कारागारमा रहेका महिला कैदीबन्दीलाई तनहुँ कारागारमा स्थानान्तरण गरिएपछि त्यहाँ सिकेको सीपलाई यहाँ निरन्तरता दिएको उनले बताइन् । “कारागारमा रहेका अन्य महिला कैदीबन्दी पनि सीप सिक्न थालेका छन्”, विकले भनिन् । उनीहरुले मासिक रु तीन हजारदेखि रु चार हजारसम्म आम्दानी गर्न थालेका छन् ।

कैदीबन्दीले कारागारमा कमाएको रकमबाट आफ्नो खर्च चलाएर बाँकी घरमा पठाउने गरेका छन् । एउटा झोलाका लागि आवश्यक कपडा बुन्दा महिला कैदीबन्दीले रु चार सय ज्याला पाउने गरेका छन् । कैदीबन्दीले झोलाका लागि बुनेर तयार पारेको कपडा कारागारले नै बिक्रीको व्यवस्था मिलाएको तनहुँ कारागारका प्रशासक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

“यत्तिकै खाली हात बस्नुभन्दा केही उद्यम गरेर आयआर्जन गर्न थालेपछि कैदीबन्दी उत्साहित छन्”, उनले भने, “कारागारबाट घर फर्किएपछि आफैँले व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्न सहयोग पुग्छ ।”

भवन डिभिजन कार्यालय कास्कीको रु पाँच लाख सहयोगमा महिला कैदीबन्दीका लागि तान बुन्न पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री दोबाटे विश्वकर्माले समेत कारागारमा विभिन्न पूर्वाधार निर्माणका लागि रु १० लाख बजेट विनियोजन गर्न सहयोग गरेका थिए।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?