गोरखा । पर्यटकीय गन्तव्य गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध छ । वर्षा सुरु भएदेखि नै पहिराले अवरुद्ध भएको सडक अझैसम्म पनि सञ्चालन हुन नसक्दा लाप्राकमा दैनिक उपभोग्य सामग्री पुर्याउनसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् । “सडकमा गाडी चल्न नसकेको तीन महिना भइसक्दा पनि अवरुद्ध सडक
काठमाडौ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए ।नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाहरुले चामल, तेल, चीनी, माछा मासु, लत्ताकपडाको मूल्यमा अस्वाभाविक मूल्य बृद्धि हुनुका साथै कृत्रिम अभाव सिर्जना भईरहेको अवस्थालाई मध्यनजर गर्दै
२२ ,असोज ,काठमाडौँ । सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । बैठकले स्वदेश फर्कन चाहनेहरुलाई नेपाल वायु
काठमाडौं । लगातार दोस्रो दिन सेयर बजार ओरालो लागेको छ । सोमबार १२.५८ अंकले घटेको बजार १९०८.६६ विन्दुमा ओर्लिएको छ । यो ०.६५ प्रतिशतको गिरावट हो । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाए पनि लगानीकर्ता यस नियमबाट उत्साहित देखिएनन् ।
म्याग्दी । कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७औँ दिनमा आज म्याग्दीको सदरमुकाम बेनी आइपुगेका हुन् । “हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार
वालिङ, स्याङ्जा । स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झण्डै रु. पाँच करोड भित्रिने गरेको छ । गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९ लाख ५० हजार भित्रिने गरेको
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको फेरी मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । आज छापावाल सुन तोलाको एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने आइतबार छापावाल सुन तोलाको एक लाख सात हजार ६०० रुपैयाँमा कारोबार
२१ ,असोज ,काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ
काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाएको भए पनि सेयर बजारमा भने नकारात्मक प्रभाव देखिएको छ । गत बिहीबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा
काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सहुलियत पसलमा चिनी उपलब्ध नगराएको भन्दै उपभोक्ताले आलोचना गरेपछि अन्तिम समयमा चिनीको जोहो गरिएको छ । आइतबारदेखि देशभर सहुलियत पसल सञ्चालनमा आाएपनि थापाथली बिक्री केन्द्रमा मात्रै चिनीको बिक्री सुरु गरिएको छ । प्रतिपरिवार २ किलोका दरले चिनी बिक्री सुरु गरिएको छ भने