Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

सेयर धितो कर्जाको सीमा बढे पनि सेयर बजारमा नकारात्मक प्रभाव, हाइड्रोपावरमा उच्च गिरावट


काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाएको भए पनि सेयर बजारमा भने नकारात्मक प्रभाव देखिएको छ । गत बिहीबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा रहेको १२ करोडको सीमा बढाएर व्यक्तिगत लगानीकर्तालाई १५ करोड र संस्थागत लगानीकर्तालाई २० करोडको सीमा तोकेको थियो । १२ करोडको सीमाले बजार प्रभावित भएको भन्दै राष्ट्र बैंकको आलोचना गर्दै आएका सेयर लगानीकर्ता उक्त सीमा बढाउँदा समेत खासै सकारात्मक मनोविज्ञान बनाउन नसकेको र राष्ट्र बैंकले १२ करोडको सीमा बढाउने बहानामा खर्बौंको सेयर बजारमाथि खेलाँची गरेको आरोप लगानीकताले लगाएका छन् । जसले गर्दा १२ करोडको सीमा बढे पनि सेयर बजार भने बढ्न सकेन । आइतबार बजार परिसूचक नेप्से ३५.६७ अंकले गिरावट आउँदा १९२१.२४ को बिन्दुमा बन्द भएको छ ।

हाइड्रोपावर उपसूचकमा सर्वाधिक २.७२ प्रतिशतको गिरावट भएको छ । अन्य उपसूचकहरु होटल तथा पर्यटनमा २.३५ प्रतिशत, जीवन बीमामा २.२८ प्रतिशत, लगानीमा २.०१ प्रतिशत गिरावट भएको छ । नेप्सेमा गिरावट भए पनि आइतबार कारोबार रकममा भने बढेको छ । गत बिहीबार १ अर्ब १० करोड र बुधबार १ अर्ब १९ करोडमा सीमित भएको कारोबार रकम आइतबार भने बढेर १ अर्ब ८० करोड १७ लाख ६६ हजार पुगेको छ । आइतबार कुल ५९ हजार १७१ वटा कारोबारमा ५८ लाख १५ हजार १८९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।आइतबार कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट कम्पनीको सर्वाधिक ६ करोड ७३ लाख ८१ हजार रुपैयाँको कारोबार हुँदा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ५७ लाख ६० हजार रुपैयाँ कारोबार भएको छ ।

आइतबार बजारमा कुल २३३ कम्पनीको सेयर कारोबार भएको र सो कारोबारमध्ये १६ कम्पनीको सेयरमूल्य बढेर बन्द हुँदा २१३ कम्पनीको सेयरमूल्य घटेको छ भने यस्तै ४ वटा कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये बाराही हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.५९ प्रतिशतले वृद्धि, सिद्धार्थ इन्भेष्टमेन्ट स्किम २ कम्पनीको सेयरमूल्य ९.४० प्रतिशत र सयपत्री हाइड्रोपावर कम्पनीको सेयरमूल्य २.७८ प्रतिशतले बढेको छ ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?