Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

सेयर धितो कर्जाको सीमा बढे पनि सेयर बजारमा नकारात्मक प्रभाव, हाइड्रोपावरमा उच्च गिरावट


काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाएको भए पनि सेयर बजारमा भने नकारात्मक प्रभाव देखिएको छ । गत बिहीबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा रहेको १२ करोडको सीमा बढाएर व्यक्तिगत लगानीकर्तालाई १५ करोड र संस्थागत लगानीकर्तालाई २० करोडको सीमा तोकेको थियो । १२ करोडको सीमाले बजार प्रभावित भएको भन्दै राष्ट्र बैंकको आलोचना गर्दै आएका सेयर लगानीकर्ता उक्त सीमा बढाउँदा समेत खासै सकारात्मक मनोविज्ञान बनाउन नसकेको र राष्ट्र बैंकले १२ करोडको सीमा बढाउने बहानामा खर्बौंको सेयर बजारमाथि खेलाँची गरेको आरोप लगानीकताले लगाएका छन् । जसले गर्दा १२ करोडको सीमा बढे पनि सेयर बजार भने बढ्न सकेन । आइतबार बजार परिसूचक नेप्से ३५.६७ अंकले गिरावट आउँदा १९२१.२४ को बिन्दुमा बन्द भएको छ ।

हाइड्रोपावर उपसूचकमा सर्वाधिक २.७२ प्रतिशतको गिरावट भएको छ । अन्य उपसूचकहरु होटल तथा पर्यटनमा २.३५ प्रतिशत, जीवन बीमामा २.२८ प्रतिशत, लगानीमा २.०१ प्रतिशत गिरावट भएको छ । नेप्सेमा गिरावट भए पनि आइतबार कारोबार रकममा भने बढेको छ । गत बिहीबार १ अर्ब १० करोड र बुधबार १ अर्ब १९ करोडमा सीमित भएको कारोबार रकम आइतबार भने बढेर १ अर्ब ८० करोड १७ लाख ६६ हजार पुगेको छ । आइतबार कुल ५९ हजार १७१ वटा कारोबारमा ५८ लाख १५ हजार १८९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।आइतबार कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट कम्पनीको सर्वाधिक ६ करोड ७३ लाख ८१ हजार रुपैयाँको कारोबार हुँदा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ५७ लाख ६० हजार रुपैयाँ कारोबार भएको छ ।

आइतबार बजारमा कुल २३३ कम्पनीको सेयर कारोबार भएको र सो कारोबारमध्ये १६ कम्पनीको सेयरमूल्य बढेर बन्द हुँदा २१३ कम्पनीको सेयरमूल्य घटेको छ भने यस्तै ४ वटा कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये बाराही हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.५९ प्रतिशतले वृद्धि, सिद्धार्थ इन्भेष्टमेन्ट स्किम २ कम्पनीको सेयरमूल्य ९.४० प्रतिशत र सयपत्री हाइड्रोपावर कम्पनीको सेयरमूल्य २.७८ प्रतिशतले बढेको छ ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?