Trending
>>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न >>   सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ >>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

एउटै गाउँबाट झण्डै पाँच करोडको बीउ, तरकारी र दूध निर्यात


वालिङ, स्याङ्जा । स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झण्डै रु. पाँच करोड भित्रिने गरेको छ । गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९ लाख ५० हजार भित्रिने गरेको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था आक्वाका अध्यक्ष रुमलाल कँडेलले बताए । कालीगण्डकी नदीको किनारमा फैलिएको समथर र रातो माटो रहेको जिमुहा क्षेत्र आलु, धान, गहुँ तथा तरकारी बालीका लागि उर्वर भूमि भएको अति राम्रो ठाउँ हो । आक्वामा हाल ५५८ किसान आवद्ध छन् । उनीहरु व्यावसायिक वा घरायसी प्रयोजनका लागि भएपनि खेती किसानी गर्दै आएका छन् । जिमुहामा बीउ आलु तथा खानका लागि प्रयोग हुने आलु, मकैको बीउ, धानको बीउ, बोडी, करेला, काँक्रा, लौका, घिरैँला, बन्दा, काउलीलगायत मौसमी तथा बेमौसमी तरकारी र दूधको व्यावसायिक उत्पादन हुने गरेको र करिव दुई सय हेक्टर जमिनमा जनकदेव, एमएस ४२, खुमल रातो, खुमल उज्जल जातका बीउ आलु उत्पादन हुने गरेको छ । यहाँ खानका लागि प्रयोग गरिने आलुमात्रै करिव तीन सय मेट्रिकटन उत्पादन हुने अध्यक्ष कँडेलले बताए ।

त्यस्तै बीउका लागि प्रयोग गरिने आलु खेतीबाट करिव चार सय मेट्रिकटन, अरुण–दुई जातको मकैको बीउ करिव एकसय मेट्रिकटन, साबित्री, रामधान करिव एकसय ५० मेट्रिकटन, गौतम, स्वर्गद्वारी, एनएल ९७१ जातको प्रमाणित गहुँको बीउ दुई मेट्रिकटन, दूध दैनिक चार सय लिटर, बोडीलगायत मौसमी तथा बेमौसमी तरकारी बाली यहाँबाट अन्यत्र निकासी हुने गरेको उनको भनाइ रहेको छ । उत्पादित बीउ तथा दूधको बजारीकरणका लागि समस्या नभए पनि कहिलेकाँही तरकारी बिक्रीका लागि भने समस्या हुने गरेको छ । कृषि कर्मलाई नै मुख्य आम्दानीको स्रोत देखेर काम गर्ने कृषकहरु धेरै भएको र घरायसी प्रयोजनकालागि मात्रै कृषि गर्नेहरु पनि यहाँ रहेका छन् ।

“ठूलो जमिनमा व्यावसायिक उत्पादन गर्नेहरु अहिले सन्तुष्ट छन्, निरन्तर यही पेसामा रमाएका पनि छन्” , “सामान्य तरिकाले थोरै जमिनमा खेती गर्दा पनि यहाँ जीविकोपार्जनका लागि कुनै समस्या छैन, सहज छ ।”अध्यक्ष कँडेलले भने । गत वर्षदेखि गहुँको बीउ उत्पादन थोरै परिमाणमा थालिएकाले यसवर्षदेखि ठूलो परिमाणमा उत्पादन थाल्ने तयारी गरिएको छ । यहाँबाट उन्नत जातका गाईका बाच्छी उत्पादन गर्ने उद्देश्यसहित प्रजनन् केन्द्रको रुपमा गतिविधिहरु अगाडि बढाउने काम पनि सुरु भएको उनले बताए ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?