चितवन । भरतपुरको राधापुर नहरमा गएराति भएको मोटरसाइकल दुर्घटनाले एक जनाको ज्यान लिएको छ। भरतपुर महानगरपालिका–१४ क्षेत्रमा मोटरसाइकल नहरमा खस्दा भरतपुर–१६ निवासी ४० वर्षीय विनोद सुवेदी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल भरतपुर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक रवीन्द्र
चितवन । गैँडाको आक्रमणबाट माडीमा एक युवकको ज्यान गएको छ। माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईलाई सोमबार घाँस–दाउरा संकलनका क्रममा घर नजिकैको मरड खोलामा गैँडाले आक्रमण गरेको थियो। गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जका
काठमाडौं। लायन्स अन्तर्राष्ट्रियले जनवरी ३ देखि जनवरी ११ तारिखसम्म सञ्चालन गर्न आव्हान गरेको “वीक अफ सर्भिस, हंगर” अभियानअन्तर्गत लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारले २०८२ साल पौष २७ गते (जनवरी ११) विशेष सेवा कार्यक्रम सम्पन्न गरेको छ। बालाजुस्थित अपांग सरोकार केन्द्रमा आयोजित कार्यक्रममा ४० जना अपांगता भएका व्यक्तिहरूलाई भोजन गराइएको
काठमाडौँ । जेन–जी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेको छ । सोमवार काठमाडौंको माईतीघर मण्डलामा ढुंगाना समूहले वर्तमान सरकारले जेन–जी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेको हो । ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकार विफल भइसकेको भन्दै राजनीतिक दल र
काठमाडौँ । लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेसँगै लौरो चुनाव चिन्ह
काठमाडौँ। विश्व सम्पदा सूचिमा सुचिकृत ऐतिहासिक तथा पुरातात्विक महत्वको हनुमानढोका दरबार संग्रहालयको १६ औं स्थापना दिवस मनाइएको छ । शनिवार काठमाडौंको वसन्तपुरमा सो संग्रहालयको स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको अवसरमा २०७२ सालको भूकम्पले ध्वस्त बनाएका सबै संरचनाहरुको निर्माण कार्य करिव पूरा हुन लागेको जानकारी गराइएको छ । सो
जनकपुर। मधेस प्रदेशको राजधानी जनकपुरमा पछिल्ला दिनहरूमा घना कुहिरो र हुस्सुले जनजीवन प्रभावित बन्दै गएको छ । तराई क्षेत्रमा जाडो याममा नियमित रूपमा देखिने यो मौसमी समस्या यस वर्ष पनि उत्तिकै कष्टकर बनेको छ । बिहानको समयमा दृश्यता निकै कम हुने भएकाले सवारी साधनहरूको गति सुस्त भएको छ । सडकमा
काठमाडौँ। कवाड व्यवसायीहरुले कवाड मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेको छ । कवाड व्यवसायी संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो । समितिले काठमाडौं महानगरपालिकाले कवाड संकलन व्यवसायी, मजदुर तथा गरिब वर्गमाथि विगत दुई वर्षदेखि अन्यायपूर्ण दमन गरिरहेको
काठमाडौँ। वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित वागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री बानियाँले विकास, निर्माणको कार्यलाई अघि बढाउने नाममा स्टन्टबाजी नगर्न पनि तीन वटै तहका सरकारले सचेत गराएका छन् । उनले विधि र
ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेन–जीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावननाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताएका छन् । तर जेन–जीहरुले पछिल्लो