काठमाडाैं । उपभोक्तालाई शुद्ध पेट्रोलियम पदार्थ सहज र सुरक्षित उपलब्ध गराउने, यससँग जोडिएका सडक पूर्वाधार तथा सडक उपयोगको सुविधा व्यवस्थापनका लागि हामी प्रतिबद्ध छौँ । यसका लागि तत्काल, मध्यकाल र दीर्घकाल गरी चरण चरणमा काम गर्नु पर्ने अवस्था छ । सुधारका यी चरणमध्ये पहिलो चरणको कामबाट नतिजा आएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अभ्यास गरिरहेको सार्वजनिक निजी साझेदारी कार्यक्रमका विषयमा विभागका अधिकारीबिच समान वुझाइ विकास गर्न २ दिने तालिम आयोजना गरिएको छ । सार्वजनिक निजी साझेदारी एकाइले सबै विभागबाट एक एक जना प्रतिनिधि बोलाएर विभागसँग कस्ता कार्यक्रम हुन सक्छन्, यी कार्यक्रमलाई कसरी कार्यान्वयनमा लैजान सकिन्छ भन्ने विषयमा सैद्धान्तिक छलफल
काठमाडौ । राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ । सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राख्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल
लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गर्नुभएको छ । बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी आउनुभएका प्रधानमन्त्रीले आज बिहान लुम्बिनी परिसरको अवलोकन गर्नुभएको हो । उहाँले योग र ध्यानका लागि लुम्बिनी
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेश गरेको छ । नागरिकता दुरुपयोग गरेको भन्दै उजुरी परेपछि सिरोहिया मंगलबार पक्राउ परेका थिए । उनलाई मंगलबार नै धनुषा पुर्याइएको थियो ।
काठमाडौँ। नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेको ठहर गरेको छ। गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणबारे निरन्तर समाचार पक्राशित गरेकै कारण सिरोहियालाई पक्राउ गरिएको महासंघको ठहर छ। ‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिशोध साँध्न खोजिएको भन्दै गृहमन्त्री रवि लामिछानेको प्रतिवाद गरेका छन् । नागरिकताको विवादमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ । जसलाई सिरोहियाले सहकारी ठगीका कारण पीडित बचतकर्ताहरुको बारेमा निरन्तर समाचार लेखेको प्रतिशोध लिने गृहमन्त्री
काठमाडौं । पशुपतिको भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा आठ जना भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका हुन्। पशुपति क्षेत्र विकास कोषका सात सहित आठ जनालाई प्रहरीले जेठ ७ गते सोमबार पक्राउ गरेको हो। पशुपति क्षेत्र विकास कोषले
काठमाडौँ । स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौँ महानगरपालिकाले ‘न्याय चौचारी’ कार्यक्रम थालनी गरेको छ । वडा नं. ११ शान्ति पार्कमा वडा महिला सञ्जालले कार्यक्रम थालनी गरेको हो । चौतारीको शुभारम्भ अवसरमा विवादमाथि छलफलको विषय राखिएको थिएन । यस चौतारीको उपयोगिता के हो, भन्ने विषयमा छलफल
सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवार आगलागीपीडितलाई राहत वितरण गरिएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालयका सचिव दिनेश भट्टराई समेतको उपस्थितीमा एक कार्यक्रमकाबिच आगलागी पीडित परिवारको घरमै पुगेर उक्त राहत रकम हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी इटहरी नगरपालिका वडा नं ७