Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

बालेनकाे कमालः सबै पेट्रोल पम्पमा पहेँलो रङ्ग, सबैमा निःशुल्क शौचालय !


काठमाडाैं । उपभोक्तालाई शुद्ध पेट्रोलियम पदार्थ सहज र सुरक्षित उपलब्ध गराउने, यससँग जोडिएका सडक पूर्वाधार तथा सडक उपयोगको सुविधा व्यवस्थापनका लागि हामी प्रतिबद्ध छौँ । यसका लागि तत्काल, मध्यकाल र दीर्घकाल गरी चरण चरणमा काम गर्नु पर्ने अवस्था छ ।

सुधारका यी चरणमध्ये पहिलो चरणको कामबाट नतिजा आएको छ । तत्काल सुधार गर्न सकिने कामको अध्ययन गर्न महानगरपालिकाको संयोजकत्वमा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एशोसिएसनका प्रतिनिधिसहितको टोलीले दिएको प्रतिवेदनमा उल्लेख भएका सुझावका आधारमा अहिले महानगरपालिकाभित्रका सबै पेट्रोल पम्पहरूको पहिचान पहेँलो रङ्ग सङ्केतमा देख्न सकिन्छ ।

पम्पहरूले सबैका लागि सफा शौचालय निःशुल्क उपलब्ध गराएका छन् । यसको सङ्केत चिन्हका रूपमा महानगरपालिकाले नीलो पृष्ठभूमिमा निःशुल्क शौचालय लेखिएको गोलो परिचय पाटी राखिएको छ । भाडाका सवारी साधनका चालक तथा सहचालकले आफू खुसी रूपमा नोजल समाउने र इन्धन भर्ने काममा प्रतिबन्ध लगाइएको छ । यसअघि पम्पहरूमा हरियाली नदेखिएको, भएका गमलामा पनि फूल नभएको, अग्नि सुरक्षा उपकरणहरू दुरुस्त नभएको, अग्नि सुरक्षा उपकरणको सञ्चालन विधि तथा सो उपकरणको कामको बारेमा शिक्षा र प्रयोग विधि थाहा नपाएको, पम्पका भित्ताहरूमा विभिन्न ब्रान्डका विज्ञापन तथा भित्ते लेखन गरेर कुरूप बनाइएको थियो । पम्पहरूमा पर्याप्त शौचालय र युरिनल थिएनन् । यी अवस्थामा सुधारका काम भइरहेका छन् ।

इन्धन भर्न बस्ने नोजल ब्वाइले सुरक्षाका लागि खैरो रङ्गको व्यक्तिगत सुरक्षा पोसाक÷सामग्री (पिपिई) लगाउने प्रतिबद्धता कार्यान्वयनको चरणमा छ । काठमाडौँ जिल्लामा करिब १२३ वटा पेट्रोल पम्प छन् । यीमध्ये काठमाडौँ महानगरपालिकामा बागमती पेट्रोलियम डिलर्स एसोसियसनमा दर्ता रहेका ५० वटा पेट्रोल पम्पहरू छन् ।

अहिले काठमाडौं महानगरपालिका भित्रका ५० पेट्रोल पम्पका सबै पेट्रोल पम्पका कम्तीमा २ देखि ६ वटा सम्म शौचालयहरू सर्वसाधारणको लागि निशुल्क रूपमा खुल्ला गरिएको छ । यस्तै पहिलो चरणमा काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभाग र नगर प्रहरी बलको नेतृत्वमा नेपाली सेनाका भद्रकाली र सितापाईलामा रहेको पेट्रोल पम्पमा कार्यरत ३० जना सेनालाई आगलागी नियन्त्रण सम्बन्धी तालिम समेत जेठ ८ गते सम्पन्न भएको छ । यस्तो तालिम अन्य पम्पमा कार्यरत कर्मचारीलाई पनि निरन्तर हुने जानकारी गराउन चाहन्छौ ।


प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?