Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

विभागका प्रतिनिधिलाई ‘सार्वजनिक निजी साझेदारी कार्यक्रम’ सम्बन्धी तालिम


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अभ्यास गरिरहेको सार्वजनिक निजी साझेदारी कार्यक्रमका विषयमा विभागका अधिकारीबिच समान वुझाइ विकास गर्न २ दिने तालिम आयोजना गरिएको छ । सार्वजनिक निजी साझेदारी एकाइले सबै विभागबाट एक एक जना प्रतिनिधि बोलाएर विभागसँग कस्ता कार्यक्रम हुन सक्छन्, यी कार्यक्रमलाई कसरी कार्यान्वयनमा लैजान सकिन्छ भन्ने विषयमा सैद्धान्तिक छलफल र व्यवसायिक कार्ययोजना निर्माणको अभ्यास गराइएको छ ।

तालिममा निजी साझेदारी कार्यक्रमको अवधारणा, परिचय र महत्व, नेपालको सन्दर्भमा सार्वजनिक निजी साझेदारी कार्यक्रमको सफल अभ्यास, सम्भावना र चुनौती, सार्वजनिक निजी साझेदारी अवधारणाका लागि सम्भावित र महत्वपूर्ण आयोजनाहरु, साझेदारी कार्यक्रमका अङ्गहरु र व्यवसायिक कार्ययोजना निर्माण अभ्यास, योजना छनोटका सूचक, विधि र प्रक्रियालगायत विषय समेटिएका थिए । यस्तै बजारीकरण र उत्पादन योजना, संस्थागत प्रबन्ध (संगठन र व्यवस्थापन) तथा वित्तीय योजना र योजना विश्लेषण तालिममा समेटिएका थिए ।

कार्यक्रममा महानगरपालिकाको सार्वजनिक निजी साझेदारी बोर्डका सदस्य एवं वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले नीतिमा समस्या भए जनप्रतिनिधिले काम गर्नु पर्ने, कार्यान्वयनमा समस्या भए कर्मचारीले काम गर्नुपर्ने बताउनुभयो । यस्तै बोर्डका अर्का सदस्य एवं वडा नंं ३० का अध्यक्ष दलबहादुर कार्कीले, साझेदारीबाट गरिने कामको प्राथमिकता निर्धारण गर्नु पर्नेमा जोड दिनुभयो ।


प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?