Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विभागका प्रतिनिधिलाई ‘सार्वजनिक निजी साझेदारी कार्यक्रम’ सम्बन्धी तालिम


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अभ्यास गरिरहेको सार्वजनिक निजी साझेदारी कार्यक्रमका विषयमा विभागका अधिकारीबिच समान वुझाइ विकास गर्न २ दिने तालिम आयोजना गरिएको छ । सार्वजनिक निजी साझेदारी एकाइले सबै विभागबाट एक एक जना प्रतिनिधि बोलाएर विभागसँग कस्ता कार्यक्रम हुन सक्छन्, यी कार्यक्रमलाई कसरी कार्यान्वयनमा लैजान सकिन्छ भन्ने विषयमा सैद्धान्तिक छलफल र व्यवसायिक कार्ययोजना निर्माणको अभ्यास गराइएको छ ।

तालिममा निजी साझेदारी कार्यक्रमको अवधारणा, परिचय र महत्व, नेपालको सन्दर्भमा सार्वजनिक निजी साझेदारी कार्यक्रमको सफल अभ्यास, सम्भावना र चुनौती, सार्वजनिक निजी साझेदारी अवधारणाका लागि सम्भावित र महत्वपूर्ण आयोजनाहरु, साझेदारी कार्यक्रमका अङ्गहरु र व्यवसायिक कार्ययोजना निर्माण अभ्यास, योजना छनोटका सूचक, विधि र प्रक्रियालगायत विषय समेटिएका थिए । यस्तै बजारीकरण र उत्पादन योजना, संस्थागत प्रबन्ध (संगठन र व्यवस्थापन) तथा वित्तीय योजना र योजना विश्लेषण तालिममा समेटिएका थिए ।

कार्यक्रममा महानगरपालिकाको सार्वजनिक निजी साझेदारी बोर्डका सदस्य एवं वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले नीतिमा समस्या भए जनप्रतिनिधिले काम गर्नु पर्ने, कार्यान्वयनमा समस्या भए कर्मचारीले काम गर्नुपर्ने बताउनुभयो । यस्तै बोर्डका अर्का सदस्य एवं वडा नंं ३० का अध्यक्ष दलबहादुर कार्कीले, साझेदारीबाट गरिने कामको प्राथमिकता निर्धारण गर्नु पर्नेमा जोड दिनुभयो ।


प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?