Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

प्रदेश समाचार


बडिमालिका दर्शन गर्न गएका दुई जनाको सेनाको हेलिकोप्टरमार्फत उद्धार

१२ भदौ, बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अक्सिजन अभाव भएपछि बिरामी भएका उनीहरुलाई आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सोमबार बडिमालिकाको त्रिवेणीधाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट

लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्र्यायो ‘गारवेज ट्रक’

१२ भदौ, सिरहा । लहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको जानकारी दिए । फोहर सङ्कलन गर्न ट्रयाक्टरभन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ । पहिलो चरणमा वडा नं १ देखि

ट्रिपरको ठक्करबाट डाक्टरको मृत्यु

१२ भदाै, मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा मङ्गलबार बिहान भएको सवारी दुर्घटनाबाट डाक्टरको मृत्यु भएको छ । उर्लाबारी –४ स्थित ऊँ सत्य साई पेट्रोल पम्प छेउमा ट्रिपरको ठक्करबाट सप्तरी घर भएका २८ वर्षीय डा. नीरज यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । इलाका प्रहरी कार्यालय

ट्रक पल्टिँदा १७ वटा भैँसी मरे

१२ भदाै, नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती १६ चालिस किलो भन्ने स्थानमा ट्रक पल्टिदा १७ वटा भैँसी र पाडा मरेका छन् । कपिलवस्तुको चनौटाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९२२७ नं.को ट्रक बिहान सवा ६ बजे खाल्डोमा परि पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । भैँसी र

स्रोत नखुलेको २६ लाख सहित भारतीय नागरिक पक्राउ

१२ भदाै, महोत्तरी । सीमा क्षेत्रबाट प्रहरीले श्रोत नखुलेका भारी परिमाणको नोटसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत विहारको मधुवनी जिल्लास्थित मधवापुर ग्राम पंचायत ४ का २६ वर्षीय सुमित साहलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट श्रोत नखुलेको २६ लाख बराबरका नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

व्यावसायिक अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी, प्रतिकेजी साढे तीन सय रुपैयासम्म बिक्री

१२ भदाै, भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको

घरमा शौचालय नबनाउने वडाध्यक्षको सेवा सुविधा रोक्का

११ भदौ, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले शौचालय नबनाउने वडाध्यक्षसहित कर्मचारीको सेवा सुविधा रोक्का गरेको छ । खानेपानी तथा सरसफाइ कार्यविधि, २०७६ बमोजिम वडा नं १ अध्यक्ष इन्नर चौधरीसहित कर्मचारी शिक्षकको सेवा सुविधा रोक्का गर्न सिफारिस गरिएको छ । खानेपानी तथा सरसफाइ कार्यक्रमका वास संयोजक अर्जुन बेल्वासेसहितको टोलीले जनप्रतिनिधि र

स्वयंसेवक शिक्षक खटाउँदै खैरहनी

१२ भदौ, चितवन। खैरहनी नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउन ४१ स्वयंसेवक शिक्षकलाई नियुक्त गरेको छ । कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा ती शिक्षक खटाइने नगरपालिकाले जनाएको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाँले भने, “ स्वयंसेवक शिक्षक परिचालनबाट सामुदायिक विद्यालयको शैक्षिक

डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु

१२ भदाै, कञ्चनपुर । बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो । एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उहाँलाई परिवारजनले उपचारका लागि धनगढी

मन्दिरबाट हराएकी बालिका मृत फेला

१२ ,भाद्र ,झापा । भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् । आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला हिजो दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन् । खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेर मृत्यु

सम्वन्धित समाचारहरु