Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

घरमा शौचालय नबनाउने वडाध्यक्षको सेवा सुविधा रोक्का


११ भदौ, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले शौचालय नबनाउने वडाध्यक्षसहित कर्मचारीको सेवा सुविधा रोक्का गरेको छ ।

खानेपानी तथा सरसफाइ कार्यविधि, २०७६ बमोजिम वडा नं १ अध्यक्ष इन्नर चौधरीसहित कर्मचारी शिक्षकको सेवा सुविधा रोक्का गर्न सिफारिस गरिएको छ । खानेपानी तथा सरसफाइ कार्यक्रमका वास संयोजक अर्जुन बेल्वासेसहितको टोलीले जनप्रतिनिधि र कर्मचारीको घरमा शौचालय भए÷नभएको निरीक्षण गरेको थियो ।

निरीक्षणमा वडाध्यक्ष इन्नरको घरमा शौचालय नभएको पाइएको छ । वडा नम्बर ७ बडसुडका जनज्योति आधारभूत विद्यालय मानपुर–ढोढरीका प्रधानाध्यापक सगराम बढईले शौचालयको रिङ मात्र बनाएको भेटिएको छ । वडा नम्बर १ गुगौलीका गाउँपालिकाको जिन्सी शाखामा कार्यरत इलेक्ट्रिसियन सङ्गम खटिक, वडा नम्बर १ गुगौलीकै गाउँपालिका–६ बद्धौर आधारभूत स्वास्थ्यचौकीका कार्यालय सहयोगी राजेश कोरीको घरमा शौचालय छैन ।

वडा नम्बर २ महुवादुधारका वडासदस्य सोमइ केवट, वडा नम्बर २ पडरियाका पशु विकास शाखाका कार्यालय सहयोगी हेमराज तेलीले खुला ठाउँमा शौच गर्ने गरेका छन् । वडा नम्बर २ बगहियाका गुगौली स्वास्थ्यचौकी कार्यालय सहयोगी त्रिभुवन भरले शौचालय निर्माण गरेको तर ढोका नलगाइएको फोहर अवस्थामा भेटिएको अनुगमन टोलीले जनाएको छ ।

शौचालय नभएका जन–प्रतिनिधि, कर्मचारी र शिक्षकको गाउँपालिकाद्वारा प्रदान गर्ने सेवा सुविधा रोक्क गर्न गाउँपालिकालाई सिफारिस गरिएको वास संयोजक बेल्वासेले बताए । गाउँपालिकालाई २०७५ जेठ २४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?