Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

घरमा शौचालय नबनाउने वडाध्यक्षको सेवा सुविधा रोक्का


११ भदौ, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले शौचालय नबनाउने वडाध्यक्षसहित कर्मचारीको सेवा सुविधा रोक्का गरेको छ ।

खानेपानी तथा सरसफाइ कार्यविधि, २०७६ बमोजिम वडा नं १ अध्यक्ष इन्नर चौधरीसहित कर्मचारी शिक्षकको सेवा सुविधा रोक्का गर्न सिफारिस गरिएको छ । खानेपानी तथा सरसफाइ कार्यक्रमका वास संयोजक अर्जुन बेल्वासेसहितको टोलीले जनप्रतिनिधि र कर्मचारीको घरमा शौचालय भए÷नभएको निरीक्षण गरेको थियो ।

निरीक्षणमा वडाध्यक्ष इन्नरको घरमा शौचालय नभएको पाइएको छ । वडा नम्बर ७ बडसुडका जनज्योति आधारभूत विद्यालय मानपुर–ढोढरीका प्रधानाध्यापक सगराम बढईले शौचालयको रिङ मात्र बनाएको भेटिएको छ । वडा नम्बर १ गुगौलीका गाउँपालिकाको जिन्सी शाखामा कार्यरत इलेक्ट्रिसियन सङ्गम खटिक, वडा नम्बर १ गुगौलीकै गाउँपालिका–६ बद्धौर आधारभूत स्वास्थ्यचौकीका कार्यालय सहयोगी राजेश कोरीको घरमा शौचालय छैन ।

वडा नम्बर २ महुवादुधारका वडासदस्य सोमइ केवट, वडा नम्बर २ पडरियाका पशु विकास शाखाका कार्यालय सहयोगी हेमराज तेलीले खुला ठाउँमा शौच गर्ने गरेका छन् । वडा नम्बर २ बगहियाका गुगौली स्वास्थ्यचौकी कार्यालय सहयोगी त्रिभुवन भरले शौचालय निर्माण गरेको तर ढोका नलगाइएको फोहर अवस्थामा भेटिएको अनुगमन टोलीले जनाएको छ ।

शौचालय नभएका जन–प्रतिनिधि, कर्मचारी र शिक्षकको गाउँपालिकाद्वारा प्रदान गर्ने सेवा सुविधा रोक्क गर्न गाउँपालिकालाई सिफारिस गरिएको वास संयोजक बेल्वासेले बताए । गाउँपालिकालाई २०७५ जेठ २४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?