Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

ट्रिपरको ठक्करबाट डाक्टरको मृत्यु


१२ भदाै, मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा मङ्गलबार बिहान भएको सवारी दुर्घटनाबाट डाक्टरको मृत्यु भएको छ ।

उर्लाबारी –४ स्थित ऊँ सत्य साई पेट्रोल पम्प छेउमा ट्रिपरको ठक्करबाट सप्तरी घर भएका २८ वर्षीय डा. नीरज यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–००१ क ००९५ नम्बरको ट्रिपर एकापसमा ठक्कर हुदाँ मोटरसाइकलमा सवार यादव गम्भीर घाइते हुनु भएको थियो ।

उपचारका लागि तत्काल उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको भए पनि अस्पताल पुर्याएको केही समय पछि यादवको मृत्यु भएको थियो । मोटरसाइकललाई ठक्कर दिने ट्रिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?