Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु


१२ भदाै, कञ्चनपुर । बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो । एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उहाँलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए ।

भारतबाटै डेङ्गुको सङ्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए । डेङ्गु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?