Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

ट्रक पल्टिँदा १७ वटा भैँसी मरे


१२ भदाै, नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती १६ चालिस किलो भन्ने स्थानमा ट्रक पल्टिदा १७ वटा भैँसी र पाडा मरेका छन् । कपिलवस्तुको चनौटाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९२२७ नं.को ट्रक बिहान सवा ६ बजे खाल्डोमा परि पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

भैँसी र पाडा लोड गरी ल्याएको ट्रक पल्टिएको हो । नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार ३६ वटा भैँसी र पाडामध्ये १९ वटा मरेका हुन् । ११ वटा भैँसी र पाडा भने जीवितै रहेका छन् । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

मरेका भैँसी र पाडालाई खाल्डो खनेर पुर्नका लागि स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?