१ वैशाख, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोक र वडा नं ६ को पाखुरेमा खानेपानीको समस्या भएको छ । वनमा आगलागी हुँदा गाउँमा ल्याइएको खानेपानीको पाइप डढेपछि पानीको हाहाकार भएको हो । यसबाट यहाँका ३७ परिवार प्रभावित बनेका छन् । छरछरे–पाँडेथोक सिँचाइ तथा खानेपानी योजनाअन्तर्गतको करिब एक किलोमिटर पाइप मङ्गलबार र
१ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले नयाँ वर्ष २०८० मा लुम्बिनी प्रदेश समृद्ध र आत्मनिर्भर बन्ने बताएका छन् । नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएकाले परिवर्तनको जगमा स्थापित मौलिक विशेषता बोकेको सङ्घीय लोकतान्त्रिक
१ वैशाख, चितवन । देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको भरतपुर महानगरको बेरुजु निकै कम रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ प्रतिवेदनमा छवटा महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा पनि भरतपुर महानगरको बेरुजु अन्य महानगर पालिकाको भन्दा
१ वैशाख, काठमाडाैँ । नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथको दर्शनका लागि आज भक्तजनका लागि विशेष पूजाको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक
१ वैशाख, तनहुँ । नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक पाहुनाको भीड लागेको हो । नयाँ वर्षलाई स्वागत गर्दै रमाउन बिहीबारदेखि नै बन्दीपुरमा पर्यटकको भीड बढेको बन्दीपुर पर्यटन विकास समितिका
१ वैशाख, पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण प्रक्रिया थालिएको छ । धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको हो । पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड
३० चैत्र ,काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दिनमा बाघ संरक्षणका निमित्त नवीनतम कार्यक्रम र बजेट तर्जुमा गर्न आह्वान गरेका छन् । यही चैत २६ देखि २८ गतेसम्म भारतले बाघ संरक्षण आयोजना सुरु गरेको ५०औँ वार्षिकोत्सव अर्थात स्वर्ण जयन्तीका अवसरमा भारतमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट प्रधानमन्त्री एवं
३० चैत्र, म्याग्दी । विसं २०४४ अघि सुनसान र गुमनाम थियो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ गाउँ । विसं २०४४ मा पहिलो पटक दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत आयोजना निर्माण भयो । त्यसयता हालसम्म यहाँ साना र ठूला गरी नौ जलविद्युत अयोजना सञ्चालनका लागि निर्माण कार्य सुरु भएकाले यहाँको स्वरूप
३० चैत्र, बाजुरा । गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् । हिमाली गाउँपालिका–३, बौडीका छपल थापाका ६ वर्षीय छोरा निमा छिरिङमा कालाजार देखिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । लगातार तीन महिनादेखि बिरामी भई थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा
३० चैत्र, कैलाली । धनगढीमा एक वृद्धको पेटमा भोड्काको सिङ्गो बोतल फेला परेको छ । उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका वृद्धको पेटमा भोड्काको सिङ्गो बोतल भेटिएको हो । अस्पतालले दिएको जानकारी अनुसार उपचार गर्न पुगेका फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा बोतल देखिएको हो