Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पाइप डढेपछि खानेपानीको समस्या


१ वैशाख, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोक र वडा नं ६ को पाखुरेमा खानेपानीको समस्या भएको छ । वनमा आगलागी हुँदा गाउँमा ल्याइएको खानेपानीको पाइप डढेपछि पानीको हाहाकार भएको हो । यसबाट यहाँका ३७ परिवार प्रभावित बनेका छन् ।

छरछरे–पाँडेथोक सिँचाइ तथा खानेपानी योजनाअन्तर्गतको करिब एक किलोमिटर पाइप मङ्गलबार र बुधबार लागेको आगोले डढेपछि गाउँमा खानेपानी आउन बन्द भएको उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ लामिछानेले बताए । “मुहानबाट मैदानसम्म ल्याइएको पानीको पाइप आगोले डढेर पूर्णरूपमा नष्ट भएको छ”, उनले भने, “मुहानबाट मैदानसम्म आएको पानीलाई सोलारमार्फत तानेर घर–घरमा वितरण गरिएको छ ।”

मुहानबाट गाउँसम्म दुई इन्चको पाइपमा करिब एक हजार छ सय ५० मिटर परबाट ल्याइएको छ । विसं २०६३ मा मूल दर्ता गरी २०६४ सालमा योजना सम्पन्न भई यहाँका बासिन्दाले घर–घरमै पानी उपभोग गर्दै आएका थिए । “आगलागीबाट क्षति भएपछि अहिले पानीको हाहाकार भएको छ”, उनले भने, “गोलभेँडाको पकेट क्षेत्र भनेर चिनिएको यस ठाउँमा मौसमी तथा बेमौसमीरूपमा लगाइएका विभिन्न प्रजातिका तरकारी ओइलाएर मर्ने क्रममा पुगेका छन् ।”

वडा नंं ५ का सदस्य रामप्रसाद लामिछानेले पूरै पाइप फेर्ने बजेट नभएकाले नगरपालिका तथा सम्बन्धित कार्यालयसँग सहयोग मागेको बताए । पानीका स्रोत सुकेकाले पनि खानेपानीको बढी अभाव भएको छ । “एक गाग्री पानीका लागि पालो पर्खिनुपर्छ । पधेँरासम्म जान र आउनमात्रै आधा घण्टा लाग्छ”, उनले भने । लामो समय खडेरी परेका कारण वालिङ तथा त्यसआसपासका क्षेत्रमा दैनिकजसो डढेलो तथा आगलागीका घटना घटिरहेका छन् ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?