Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

पाइप डढेपछि खानेपानीको समस्या


१ वैशाख, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोक र वडा नं ६ को पाखुरेमा खानेपानीको समस्या भएको छ । वनमा आगलागी हुँदा गाउँमा ल्याइएको खानेपानीको पाइप डढेपछि पानीको हाहाकार भएको हो । यसबाट यहाँका ३७ परिवार प्रभावित बनेका छन् ।

छरछरे–पाँडेथोक सिँचाइ तथा खानेपानी योजनाअन्तर्गतको करिब एक किलोमिटर पाइप मङ्गलबार र बुधबार लागेको आगोले डढेपछि गाउँमा खानेपानी आउन बन्द भएको उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ लामिछानेले बताए । “मुहानबाट मैदानसम्म ल्याइएको पानीको पाइप आगोले डढेर पूर्णरूपमा नष्ट भएको छ”, उनले भने, “मुहानबाट मैदानसम्म आएको पानीलाई सोलारमार्फत तानेर घर–घरमा वितरण गरिएको छ ।”

मुहानबाट गाउँसम्म दुई इन्चको पाइपमा करिब एक हजार छ सय ५० मिटर परबाट ल्याइएको छ । विसं २०६३ मा मूल दर्ता गरी २०६४ सालमा योजना सम्पन्न भई यहाँका बासिन्दाले घर–घरमै पानी उपभोग गर्दै आएका थिए । “आगलागीबाट क्षति भएपछि अहिले पानीको हाहाकार भएको छ”, उनले भने, “गोलभेँडाको पकेट क्षेत्र भनेर चिनिएको यस ठाउँमा मौसमी तथा बेमौसमीरूपमा लगाइएका विभिन्न प्रजातिका तरकारी ओइलाएर मर्ने क्रममा पुगेका छन् ।”

वडा नंं ५ का सदस्य रामप्रसाद लामिछानेले पूरै पाइप फेर्ने बजेट नभएकाले नगरपालिका तथा सम्बन्धित कार्यालयसँग सहयोग मागेको बताए । पानीका स्रोत सुकेकाले पनि खानेपानीको बढी अभाव भएको छ । “एक गाग्री पानीका लागि पालो पर्खिनुपर्छ । पधेँरासम्म जान र आउनमात्रै आधा घण्टा लाग्छ”, उनले भने । लामो समय खडेरी परेका कारण वालिङ तथा त्यसआसपासका क्षेत्रमा दैनिकजसो डढेलो तथा आगलागीका घटना घटिरहेका छन् ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?