२२ वैशाख, नवलपुर। सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण लोप हुने अवस्थामा पुगेको घडियाल गोहीको संरक्षणका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा दोस्रो संस्करणको घडियाल काव्य उत्सव हुन लागेको हो । दुई दिनसम्म चल्ने काव्य उत्सवको आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज
२२ वैशाख, बैतडी । पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो । टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ । तर अझै रिपोर्ट नआएको
२२ वैशाख, गुल्मी । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गरेका छन् । बिहीबार एक कार्यक्रमबीच उनले भवन उद्घाटन गरेका हुन् । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भौतिक संरचनाका हिसाबले प्रहरी कार्यालय अब्बल हुनुपर्ने बताए । “प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ”, उनले भने, “पछिल्लो पटक
२२ वैशाख, पाल्पा । सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–५, चर्चरे नजिकै सुख्खा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । शुक्रवार बिहान ५ बजेतिर सडकमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
२२ वैशाख, लुम्बिनी । २५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस आज धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । बुद्धजयन्ती
२२ वैशाख ,चितवन । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक
२२ वैशाख ,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय एकता सुदृढ र सबल बनाउन गौतम बुद्धका उपदेश अहिले पनि उत्तिकै मार्गदर्शक भएको बताएका छन् । दुई हजार पाँच सय ६७औँ बुद्धजयन्ती र उँभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले “विभिन्न जाजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक सांस्कृतिक विविधताबीच
२१ वैशाख ,धनकुटा । यही वैशाख २७ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा १५औँ सहिद भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुनेभएको छ । आयोजक संस्था सहिद भीमनारायण स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । जेठ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल र भारतका आठ फुटबल टोलीको
२१ वैशाख ,काठमाडौँ । सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज उक्त आदेश गरेको हो । अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ । “नेपालमा पैठारी हुने
२१ वैशाख ,गोदावरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्गठन निर्माणमा अहोरात्र खट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आज सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा आयोजित सङ्गठन सुदृढीकरण विशेष अभियान समीक्षा भेलाको उद्घाटन गर्दै उनले सङ्गठन निर्माण र जनजीविकाका मुद्दामा केन्द्रित भएर अहोरात्र खट्न निर्देशन