Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

‘राष्ट्रिय एकता सुदृढ बनाउन बुद्धका उपदेश मार्गदर्शक’


२२ वैशाख ,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय एकता सुदृढ र सबल बनाउन गौतम बुद्धका उपदेश अहिले पनि उत्तिकै मार्गदर्शक भएको बताएका छन् ।

दुई हजार पाँच सय ६७औँ बुद्धजयन्ती र उँभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले “विभिन्न जाजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक सांस्कृतिक विविधताबीच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ र सबल बनाउन बुद्धका उपदेश तथा मार्गदर्शन अहिले पनि हाम्रा लागि मार्गदर्शक सावित भएका छन्”, भनेका छन् ।

बुद्ध दर्शनलाई जीवनमा आत्मसात् गर्नुका साथै उहाँद्वारा स्थापित चार आर्यसत्यलाई अवलम्बन गर्नसके मात्र पनि मुलुकमा शान्ति स्थापना भई समृद्धिको पथमा लम्कने सन्देशमा भनिएको छ ।

बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष नै सर्वस्वीकार्यता र सहअस्तित्व रहेको उल्लेख गर्दै सन्देशमा यस्ता पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ ।

बुद्ध सन्देशलाई विश्वभर फैलाउनुका साथै उनको जन्मस्थललाई विश्व शान्तिको केन्द्रका रुपमा स्थापना गर्न लाग्नुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले यस्ता पर्वले सबै नेपालीबीच आपसी प्रेम, बन्धुत्व र एकताको भावना बढाएर शान्त समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभएको छरेका छन् ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?