३१,असार ,तुलसीपुर । लुम्बिनी प्रदेशसभाको हिजो बसेको बैठकले विभिन्न छवटा विषयगत समिति गठन गरेको छ । लामो समयदेखि विषयगत समिति गठन हुनसकेको थिएन । दोस्रो अधिवेशनको १९औँ बैठकमा सभामुख तुलाराम घर्तीले समितिका सदस्य मनोनयन गरेपछि पारित पनि भएको थियो । प्रदेशसभाको सार्वजनिक लेखा समितिमा १२, अर्थ उद्योग तथा पर्यटन समितिमा
३१,असार ,गण्डकी । गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक हो ‘रोयल ट्रेक’ । तत्कालीन बेलायती राजकुमार चाल्र्सले विसं २०३९ मा पदयात्रा गरेको यो पदमार्गसँगै प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि, मर्दी, सहस्राब्दी आदि चर्चित पदमार्ग छन् । तल्कालीन समयमा युवराज चाल्र्सले विजयपुरस्थित चाँपको चौरबाट पदयात्रा थालेका थिए ।
३१,असार ,कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका– ११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो । “बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण हुन थाले, त्यो क्रम अझै जारी छ”, स्थानीय जयबहादुर ऐरले भने,
३१,असार ,पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर
३१ असार,जनकपुर । नेपालको एक मात्र जनकपुर-जयनगर रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ ।जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला थप १७ किलोमिटर रेल सेवाकोआज १० बजे उद्घाटन गर्न आज महोत्तरी जादै छन् ।। यसअघि जनकपुरको
३१,असार ,सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । हिजो राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो । प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबार व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो । उक्त व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडानको शनिबार पूर्वमन्त्री एवं सांसद गोकुलप्रसाद
३१,असार ,टक्सार (भोजपुर) । विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ । नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पौवादुङमा
३०,असार ,वीरगञ्ज । स्वदेशी लगानीमा सञ्चालित उद्योगहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा विशेष जोड दिइएको छ । बाराको जितपुरमा आज आयोजित एक कार्यक्रमका वक्ताहरूले स्वदेशी उद्योगका प्रवर्द्धनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् । बारा–पर्सा औद्योगिक करिडोरमा नेपाल सेरामिक इन्डष्ट्रिज प्रालिद्वारा सञ्चालित नेपोभिट टाइल्स कम्पनीले आयोजना गरेको अन्तक्र्रियाका वक्ताले स्वदेशी
३०,असार ,ढोरपाटन । बागलुङमा एक पुरुषको शव फेला परेको छ । गलकोट नगरपालिका–५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका–५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ८ बजे खरबारीको बाटो नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए