Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

‘रोयल ट्रेक’लाई प्रवर्द्धन गरिँदै


३१,असार ,गण्डकी । गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक हो ‘रोयल ट्रेक’ । तत्कालीन बेलायती राजकुमार चाल्र्सले विसं २०३९ मा पदयात्रा गरेको यो पदमार्गसँगै प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि, मर्दी, सहस्राब्दी आदि चर्चित पदमार्ग छन् ।

तल्कालीन समयमा युवराज चाल्र्सले विजयपुरस्थित चाँपको चौरबाट पदयात्रा थालेका थिए । उनि पहिलो दिन विजयपुरमाथिको चिन्तेको डाँडामा पुगी रात बिताएको जनाइएको छ । दोस्रो दिन उनले कालिका, सौरे, लिपयानी, राम्चे, हुँदै स्याक्लुङको डाँडामा पुगी दोस्रो रात बिताएका थिए । तेस्रो दिन रुपाकोटको चिसापानीमा बास बसेका चाल्र्स बेगनास तालको जङ्गलमा चौथोे रात बिताएर काठमाडौँ फर्केको उल्लेख छ ।

युवराज चाल्र्सले पदयात्रा गरेको ‘रोयल ट्रेक’को गरिमा र महत्त्वलाई जोगाउनका लागि यसको प्रवर्द्धन र विकासलाई कास्कीको रुपा गाउँपालिकाले प्राथमिकतामा राखेको छ । पछिल्ला समयमा यसको प्रवर्द्धनमा पर्यटनसम्बद्ध सङ्घसंस्थाले पनि जोड दिँदै आएका छन् । हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्य, घरबास आदिको प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो हाइकिङको ३६औँ शृङ्खला रोयल ट्रेक क्षेत्रको पचभैयाँ–रुपाताल हुँदै हात्तीमैतासम्म सम्पन्न गरेको संयोजक कृष्ण रानाभाटले जानकारी दिए ।

संरक्षण र प्रवर्द्धनको अभावमा पदमार्गहरू हराउँदै गएको वास्तविकतामा ऐतिहासिक महत्त्वको रोयल ट्रेकको महत्त्वलाई उजागर गर्ने लक्ष्यका साथ हामीले हाइकिङ सम्पन्न गरेको हौँ । विगत तीन वर्षदेखि क्लबले प्रत्येक महिनाको अन्तिम शनिबार हाइकिङ सञ्चालन गर्दै आएको उनले जानकारी गराए । पोखरामा रही विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध ५० जनाभन्दा बढी व्यक्ति हाइकिङमा सहभागी भएको बताउँदै उनले यसबाट रोयल ट्रेक र यसको महत्त्व सम्बन्धमा सचेतना जगाएको उल्लेख गरे ।

पचभैयाबाट सुुरु गरिएको हाइकिङ रुपाताल, झोलुुङ्गेपुुल, भङ्गरा, जमनकुना, रुपाकोट रिसोर्ट हुँदै हात्तीमैता भ्यूटावरमा पुुगी सम्पन्न भएको थियो । रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाका अनुसार यस पदमार्ग क्षेत्रको प्रवर्द्धन र विकासमा रुपा गाउँपालिकाले जोड दिएको छ । गाउँपालिकाले रुपातालको छेउबाट हात्तीमैतासम्म छ किलोमिटर सिँढीबाटो निर्माण गरेको उनले जानकारी दिए । पदयात्रासँगै धवलागिरि, अन्नपूर्ण हिमशृङ्खला आदिको रमणीय दृश्य एकसाथ अवलोकन गर्न सकिने यहाँबाट बेगनास, रुपा हुँदै फेवाताल, पोखरा तथा लेखनाथका दृश्यमा पर्यटक लोभिने गरेका छन् ।

तत्कालीन द्वन्द्वकालीन समयमा यो पदमार्ग सुनसान बनेको यहाँका स्थानीयवासी बताउँछन् । द्वन्द्वपछिका अवस्थामा पनि देशको राजनीतिक अस्थिरता, कोभिडको महामारी आदिले प्रभावित बनेको यहाँको पदयात्रा पर्यटनलाई बढाउने कुरामा गाउँपालिकाले सक्रियता देखाएको छ । रोयल ट्रेकको महत्त्वलाई उजागर गर्दै पर्यटकको आगमन बढाउन सकिएमा यहाँका स्थानीय उत्पादनले बजार पाउने र होटल तथा अन्य व्यवसायले गति लिने अपेक्षा गरिएको स्थानीय समाजसेवी एवं ध्रुवतारा युुवा क्लबका अध्यक्ष त्रिविक्रम केसीले बताए । यहाँको पर्यटकीय सम्भावना देखेर युवाहरूको सक्रियतामा हात्तीमैता भ्यूटावर रेष्टुरेन्ट एन्ड होमस्टे सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

समुद्री सतहबाट एक हजार तीन सय ५० मिटर उचाइ रहेको हात्तीमत्ता भ्यूटावर रहेको स्थानमा टेन्टमा प्रत्येक रात १५ जनासम्म बस्न सक्ने व्यवस्था मिलाइएको र होमस्टेमा अरु १५ बस्न सक्ने व्यवस्था छ । “पदयात्राका लागि आउने पर्यटकलाई गाइडको व्यवस्थासँगै विभिन्न तालिम तथा सेमिनारका लागि हलको पनि व्यवस्था गरेका छौँ”, उनले भने, “वनभोजका लागि आउने पर्यटकका लागि एक सय जना क्षमताको वनभोजस्थलको व्यवस्था पनि छ ।”

‘भ्यूटावर’ नजिकै मल्लकालीन समयदेखि पूजाआजा हुँदै आएको कालभैरव मन्दिर यहाँको अर्को धार्मिक महत्त्वको स्थल हो । मनले चिताएको पुुग्ने विश्वासका कारण मन्दिरमा टाढा–टाढाबाट दर्शनार्थीहरू आउने गरेको स्थानीयवासी रमेश गुुरुङले बताए । मन्दिरमा प्रत्येक वर्षको बडादशैँ र चैतेदशैँमा विशेष पूजाआजा हुने उनले जानकारी दिए । रोयल टे«कको ऐतिहासिकता र महत्त्वलाई उजागर गर्न सकिएमा पर्यटनबाट यस क्षेत्रको समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।


प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?