३ भदाै, लमजुङ । पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले भने, “यस सडकअन्र्गत बेँसीसहर नगरपालिका
३ भदाै, काठमाडाैँ । काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२–०३७प ०७५५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका
३ ,भाद्र ,गलेश्वर (म्याग्दी) । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पु¥याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै जोगिएका स्थानीयवासीलाई गाँस र बासको समस्या भएको छ । घरसहित बन्दोबस्तका सामान खोलाले
३ ,भाद्र ,कास्की । कास्की जिल्लाको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको निधन भएको
३ ,भाद्र ,कास्की । पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ । नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी आधारभूत स्वास्थ्योपचार सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । हाल महानगरमा २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । महानगरले वडा
३ ,भाद्र ,झापा । अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उनकी आमाले उद्धारका लागि अपिल गरेकि छिन् । तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्याएर बेचेको उनकी आमा लखी मुर्मुले जानकारी दिईन्
२ ,भाद्र ,सिमकोट (हुम्ला) । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गरेको छ भने खर्कमा रहेका अन्य बिरामीको उपचार गरेको छ । स्वास्थ्यकर्मीले करिब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन
२ ,भाद्र ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन र जलविद्युत्को विकास प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको ११औँ वार्षिक साधारणसभा तथा सातौँ वार्षिक अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले प्रदेशमा २० हजारभन्दा
२ ,भाद्र ,वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा ४६ वटा मुद्दाको किनारा लगाएको छ । महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित समितिले आर्थिक वर्ष २०७९/८० मा अघिल्लो आर्थिक वर्षबाट सरेर आएको ४५ वटा र आव २०७९/८० मा दर्ता भएको मध्ये एउटा गरी
२ भदाै, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनःनिर्माण गरिएको छ । नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्व विभागले वि.सं २०७० मा उत्खनन सुरु गरेको थियो । दुई वर्ष लगाएर उत्खनन गरिएपश्चात् सिख्रौलीमा सुर्खेतको काँक्रे विहारमा रहेको जस्तै १३औँ शताब्दीको शिखर