Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सरकारको प्राथमिकता पर्यटन र जलविद्युत् : मुख्यमन्त्री थापा


२ ,भाद्र ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन र जलविद्युत्को विकास प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् ।

नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको ११औँ वार्षिक साधारणसभा तथा सातौँ वार्षिक अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले प्रदेशमा २० हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन हुने विश्वास व्यक्त गर्दै त्यसको सदुपयोग गर्ने बताए ।

मुख्यमन्त्री थापाले निजी क्षेत्र जलविद्युत्मा लगानी गर्न तयार रहेको आफूले पाएको उल्लेख गर्दै आवश्यक कानुन निर्माण गरी यस क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने विश्वास दिलाए ।

कोशी प्रदेशमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा र सबैभन्दा होचो स्थान कचनकवललाई आवश्यक प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिँदै उनले यस क्षेत्रमा बाह्य पर्यटकलाई आकर्षित गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताए ।

नाट्टाका प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठ र सचिव पुण्य भट्टराईले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले सरकारलाई सदैव साथ सहयोग दिने प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?