२५ चैत्र, काठमाडौँ । स्थानीय तहको न्यायिक समितिमा आउने उजुरीका प्रकृति फरक–फरक रहेका छन् । काठमाडौँ महानगरपालिकामा घरबहालका उजुरी बढी आउँछन् भने तराईका जिल्लामा जग्गा विवादका उजुरी बढी आउने गरेको सम्बन्धित न्यायिक समिति संयोजकले जानकारी दिएका छन् । त्यसैगरी स्याङ्जा, इलाम र प्यूठानका केही न्यायिक समितिमा पारिवारिक विमेलका उजुरी बढी आउने
२५ चैत्र, ताप्लेजुङ । ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा पूरा गरे । प्रतियोगितामा मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोस्रो भए । उनले निर्धारित
२५ चैत्र, सुर्खेत । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेस कर्णाली प्रदेशको सरकारमा छिट्टै जाने बताएका छन् । सुर्खेत विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले केन्द्रीय गठबन्धनअनुसार कर्णालीमा चाँडै नै कांग्रेस सरकारमा जाने बताएका हुन् । एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको बताउँदै मन्त्री खड्काले अब
२५ चैत्र, बागलुङ । बागलुङको ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको छ । नेपालको एक मात्र सिकारको केन्द्र ढोरपाटन उपत्यकामा शुक्रबारदेखि प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर वडा नं ९ मा परीक्षण उडान थालिएको नगरपालिकाले जनाएको छ । पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले ढोरपाटनमा प्याराग्लाइडिङ
२५ चैत्र, नवलपुर । जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने अकला गुफाको संरक्षणमा चासो दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली गाउँपालिका–२ डेढगाउँमा रहेको अकला गुफाको संरक्षणमा अकलादेवी गुफा तथा मन्दिर व्यवस्थापन समितिले हालैमात्र पहुँचमार्गका रुपमा बाटो निर्माण गरेको छ । पर्यटनको सम्भावना बोकेको अकला गुफाको संरक्षण नहुँदा
२५ चैत्र, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्ती नजिक बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएका छन् । पुर्नर्वास नगरपालिका र बेलौरी नगरपालिकामा बाघको अनुमगनका लागि तीन वटा स्वचालित क्यामेरा जडान गरिएको कुण्डा सवडिभिजन वन कार्यालय पच्गडियाका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले जानकारी दिए । “पछिल्लो केही दिनयता
२५ चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडाैँ महानगरमा सडकपेटीमा बनाइएका प्रहरी बिट हटाउन अनुरोध गरेका छन् । शनिबार विभिन्न ठाउँमा फुटपाथ पर्ने ठाउँमा बनाइएका बिटहरूको प्रतिवेदन सार्वजनिक गर्दै उनले आफैले त्यस्ता संरचना हटाउन अनुरोध गरेका हुन् । आफैले नहटाएको अवस्थामा महानगरले त्यस्ता संरचना हटाउने पनि उनले प्रष्ट
२५ चैत्र, पाँचथर । याङवरक गाउँपालिका र गाउँपालिका–३ कार्यालयले बिहीबार वडाको सामाङ्खुमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका सबै सेवा पाउँदा सेवाग्राही दङ्ग देखिन्थे । आफ्नो स्वास्थ्य परीक्षण, सिफारिससहित कागजात निर्माण, बालीनाली र पशुपंक्षीका समस्या समाधान गर्न सेवाग्राहीलाई चटारो थियो । निर्माणाधीन पुष्पलाल ९मध्यपहाडी० लोकमार्गले जोडेको स्थान भए पनि यहाँका
२५ चैत्र, सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओर्लने बित्तिकै माटोलाई ढोगेका छन् । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनले माटोलाई ढोगेका हुन् । गृहजिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने मन्त्री खड्का शनिबार सुर्खेत पुगेका हुन् । खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा स्थानीयहरू पुगेका थिए
२५ चैत्र, नुवाकोट । नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन आज सिन्दुरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो । गत बिहीबार मध्यरातमा देवीघाटस्थित जालपादेवी मन्दिर नुवाकोटका