Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

जब उपप्रधानमन्त्री खड्काले सुर्खेतको माटोलाई ढोगे‍‍‍…


२५ चैत्र, सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओर्लने बित्तिकै माटोलाई ढोगेका छन् । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनले माटोलाई ढोगेका हुन् ।

गृहजिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने मन्त्री खड्का शनिबार सुर्खेत पुगेका हुन् ।

खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा स्थानीयहरू पुगेका थिए । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री खड्काले जिल्लाबासीको शिर निहुरिने गरेर कुनै पनि कामहरू नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रूपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी बिसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शिर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्‍यो भन्ने जस प्राप्त गर्न सकूँ ।’ उनले भने।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?