Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जब उपप्रधानमन्त्री खड्काले सुर्खेतको माटोलाई ढोगे‍‍‍…


२५ चैत्र, सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओर्लने बित्तिकै माटोलाई ढोगेका छन् । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनले माटोलाई ढोगेका हुन् ।

गृहजिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने मन्त्री खड्का शनिबार सुर्खेत पुगेका हुन् ।

खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा स्थानीयहरू पुगेका थिए । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री खड्काले जिल्लाबासीको शिर निहुरिने गरेर कुनै पनि कामहरू नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रूपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी बिसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शिर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्‍यो भन्ने जस प्राप्त गर्न सकूँ ।’ उनले भने।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?