Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

घरपायक सरकारी सेवाले गाउँले खुसी


२५ चैत्र, पाँचथर । याङवरक गाउँपालिका र गाउँपालिका–३ कार्यालयले बिहीबार वडाको सामाङ्खुमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका सबै सेवा पाउँदा सेवाग्राही दङ्ग देखिन्थे ।

आफ्नो स्वास्थ्य परीक्षण, सिफारिससहित कागजात निर्माण, बालीनाली र पशुपंक्षीका समस्या समाधान गर्न सेवाग्राहीलाई चटारो थियो ।

निर्माणाधीन पुष्पलाल ९मध्यपहाडी० लोकमार्गले जोडेको स्थान भए पनि यहाँका सेवाग्राही करिब एक घण्टाको दूरीमा रहेको गाउँपालिकाको केन्द्र थर्पु पुगेर सेवा लिन नसकेको घुम्ती शिविरको भीडले देखाउँथ्यो ।

सामाङ्खुका हङ्शबहादुर सेलिङले एकैसाथ सागसब्जीको बीउविजन, गाई र बाख्रालाई भिटामिन, औषधि र आफ्ना लागि सामान लिनुभयो ।

सडकसँगै घर रहे पनि थर्पु पुगेर सेवा लिन हङ्शबहादुर अझै तयार रहेका थिएनन् । “सबै सेवा यसरी सहज पाइन्छ भन्ने पहिले थाहा थिएन । शिविर आएपछि मात्रै सेवा लिन सके”, भने, “यस्तो शिविर भविष्यमा पनि आयोजना भए हुन्थ्यो ।”

सामाङ्खुकै वीरेन्द्र सेलिङले शिविरकै दिन मात्रै जानकारी पाउनुभएको थियो । उनले भने, “शिविरकै दिन मात्रै थाहा पाएकाले धेरै सेवा लिन सकिनँ । पछि पनि यस्ता कार्यक्रम भए हुन्थ्यो ।”

वीरेन्द्र पनि यसरी सरकारी सेवा सहजै पाइन्छ भन्ने थाहा नभएको बउँछन् ।

घुम्ती शिविरमा आएका अधिकांश सेवाग्राही सरकारी सेवाको उपलब्धताबारे जानकार नहुनुका साथै ती सेवा लिने प्रक्रियाबारे अनविज्ञ रहेको पाइन्थ्यो ।

घरदैलोमा सेवा पाएपछि भने सेवाग्राहीले सोधेर, बुझेर पाएसम्मका सेवा लिएका थिए । एकीकृत घुम्ती शिविरमा उक्त वडाका विभिन्न टोलका एक सय ७० बढी सेवाग्राही आएका थिए ।

उक्त वडाका वडाध्यक्ष विमल राईका अनुसार एकीकृत घुम्ती शिविरबाट सरकारी कागजपत्र, स्वास्थ्य र कृषि लगायतका सेवा दिइएको छ ।

“धेरै सेवाग्राही अन्यत्र गएर सेवा लिन सक्षम नभएकाले टोल र घरमा गएर सेवा दिने उद्देश्य राखेर शिविर आयोजना गर्न थालेका हौँ”, राईले भने, “सरकार र जनताको सम्बन्ध विस्तार गर्ने र सरकारको उपस्थिति घरघरमा पु¥याउन खोजेका छौँ ।” एकीकृत सेवा प्रवाह गर्दा धेरै सेवाग्राही लाभान्वित भएको उनको भनाइ छ ।

नागरिकको आवश्यकताका सेवा भूगोलका हिसाबले नजिकको सरकारबाट टाढा परेको अवस्थामा शिविरको आयोजना गरी प्रवाह गर्दा प्रभावकारी देखिएको याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेनको भनाइ छ ।

निर्माणाधीन मध्यपहाडी लोकमार्गले याङवरक गाउँपालिकाका छ वटै वडालाई समेटेको छ । तर गाउँपालिकाका वडा नं. १, २ र ३ मा छरिएको वस्ती हुनुका साथै भूगोलका हिसाबले गाउँपालिकाको केन्द्र पुग्न समय लाग्दछ ।

गाउँपालिकाको केन्द्र थर्पु पुगेर सेवा लिन नसकेको अवस्थामा शिविरमार्फत गाउँपालिका घरसम्म आइपुग्छ भन्ने अनुभूति दिलाउने प्रयास गरिएको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)को भनाइ छ ।

“तीन वडाका जनताले गाउँपालिकाको केन्द्र टाढा परेको अनुभूति गर्नुभएको कुरामा हामी जानकार छौँ । त्यसले सबै सेवा दिएर एक दिन भए पनि गाउँपालिका आफ्नै टोल आँगनमा छ भन्ने अनुभूति दिलाउन खोजेका हौँ”, उनले भने।

गाउँपालिकाले सबै शाखाका कर्मचारी, प्राविधिक तथा स्वास्थ्यकर्मीलाई एकीकृत शिविरमा खटाइ जनतालाई सहज सेवा प्रवाह गर्ने कामको सुरुआत गरेको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोको भनाइ छ ।

गाउँपालिकाले आगामी दिनमा यस्तो सेवा भौगोलिक रुपले टाढा रहेका वडा नं. १ च्याङथापु, वडा नं. २ फलैँचा र वडा नं। ३ ओयामका विभिन्न टोलमा सञ्चालन गर्ने मेन्याङबोले जानकारी दिए ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?