Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

सडकपेटीमा बनाइएका प्रहरी बिट हटाउन मेयर बालेनको अनुरोध, नहटाए भत्काइदिने चेतावनी


२५ चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडाैँ महानगरमा सडकपेटीमा बनाइएका प्रहरी बिट हटाउन अनुरोध गरेका छन् ।

शनिबार विभिन्न ठाउँमा फुटपाथ पर्ने ठाउँमा बनाइएका बिटहरूको प्रतिवेदन सार्वजनिक गर्दै उनले आफैले त्यस्ता संरचना हटाउन अनुरोध गरेका हुन् । आफैले नहटाएको अवस्थामा महानगरले त्यस्ता संरचना हटाउने पनि उनले प्रष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ ।’

बालेनले विभिन्न दूतावासहरूले फुटपाथमा संरचना बनाएको र उक्त संरचना हटाउने कार्यसँग समन्वय गर्नका लागि सम्बन्धित मन्त्रालयमा पत्राचार गरिसकेको समेत बताएका छन् ।

 


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?