Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

सडकपेटीमा बनाइएका प्रहरी बिट हटाउन मेयर बालेनको अनुरोध, नहटाए भत्काइदिने चेतावनी


२५ चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडाैँ महानगरमा सडकपेटीमा बनाइएका प्रहरी बिट हटाउन अनुरोध गरेका छन् ।

शनिबार विभिन्न ठाउँमा फुटपाथ पर्ने ठाउँमा बनाइएका बिटहरूको प्रतिवेदन सार्वजनिक गर्दै उनले आफैले त्यस्ता संरचना हटाउन अनुरोध गरेका हुन् । आफैले नहटाएको अवस्थामा महानगरले त्यस्ता संरचना हटाउने पनि उनले प्रष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ ।’

बालेनले विभिन्न दूतावासहरूले फुटपाथमा संरचना बनाएको र उक्त संरचना हटाउने कार्यसँग समन्वय गर्नका लागि सम्बन्धित मन्त्रालयमा पत्राचार गरिसकेको समेत बताएका छन् ।

 


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?