१४ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा भोली (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । सापारु र रोपाइँ जात्राका अवसरमा काठमाडौँ महानगरपालिकाले भदौ १५ गते शुक्रवार सार्वजनिक बिदा दिएको हो । बुधवार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बिदा सम्बन्धी सूचना जारी गरेका थिए ।
१४ भदाै, बेनी । जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो । जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन
१३ भदौ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् । बुधबार दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट–२ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले
१३ ,भाद्र ,जनकपुरधाम । सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा (एमाले) को २५औँ सचिवालय बैठक आठ बुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक महत्त्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको बैठकपछि पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख
१३ भदाै, पोखरा । ठेक्का अवधि सकिन लाग्दा पनि पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । गत वैशाखदेखि तार विछ्याउन सुरु गरिए पनि आयोजनाको प्रगति भने निराशाजनक छ । दुई वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो । ठेक्का सम्झौता
१३ भदौ, बैतडी । विषालु सर्पले डस्दा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेको जनाइएको छ । मङ्गलबार राति भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको र आज बिहान १ बजेतिर मुत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए ।
१३ भदाै, कोशी । कोशी प्रदेश क्रिकेट सङ्घ तथा मोरङ जिल्ला क्रिकेट सङ्घले संयुक्तरूपमा एसिया कप क्रिकेट खेल विराटनगरमा निःशुल्क देखाउने भएपछि खेलप्रेमीको आकर्षण बढेको छ । पहिलो पटक नेपालको एसिया कपअन्तर्गतको खेलहरू सेन्टर मलको छेउ नगर प्रहरी अगाडिको खाली जग्गामा प्रत्यक्ष प्रसारण गरिने तयारी भएको वल्र्डलिङ्क विराटनगर शाखाप्रमुख सुरज दाहालले
१३ भदाै, चितवन । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स
१३ भदौ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए । पक्राउ परेका कुर्मी
१३ भदौ, जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ । सो तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक र सांस्कृतिक महत्वका बारेमा जानकारी दिन सो गाउँपालिकाले महोत्सवको आयोजना पनि गरेको छ । आन्तरिक तथा बाह्र पर्यटन प्रवद्र्धन गर्नाका साथै केदारनाथको