२० जेठ, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल निर्माण हुने आशा पलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नयाँदिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माण गरिने बताएपछि यहाँका नागरिकमा आशा पलाएको हो । नेपालको सुदूरपश्चिम क्षेत्रको कनेक्टीभिटीलाई
२० जेठ, तनहुँ । तनहुँ कारागारमा रहेका महिला कैदीबन्दी पछिल्लो समय आयआर्जनमा लागेका छन् । सुरुआतमा कारागारमा रहेका १६ मध्ये पाँच महिला कैदीबन्दीले तानबाट झोलाको कपडा बुनेर आम्दानी गर्न थालेका थिए । हाल कारगारका अन्य महिला कैदीबन्दीले पनि उनीहरुकै सिको गरिरहेका छन् । कपडा बुन्न आवश्यक कच्चापदार्थ, तानलगायतको व्यवस्था मिलाएको कारागारकी
२० जेठ, गुल्मी । गुल्मीका स्थानीय सरकारले घरभाडामा वार्षिक ३९ लाखभन्दा बढी रकम खर्च गर्ने गरेको पाइएको छ । हालसम्म भाडामा बस्दै आएका जिल्लाका पाँच पालिकाले उक्त रकम घरभाडामा खर्च गरेका हुन् । स्थानीय तह स्थापना हुँदा सबै पालिका भाडाकै घरमा थिए । छ वर्षको अवधिमा केही पालिकाले प्रशासकीय भवन तयार
२० जेठ, जाजरकोट । छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्चबापत ४२ लाख रुपियाँ होटललाई भुक्तानी दिएको छ। जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि हालसम्मको खाना र नास्ता खर्च नै ४२ लाख रकम भुक्तानी दिइएपछि सर्वत्र आलोचना भएको छ। छेडागाड नगरपालिका–१२ का वडाध्यक्ष तथा छानबिन समितिका संयोजक प्रेमबहादुर खत्रीले कर्मचारीको मिलेमतोमा खानाको बिल भुक्तानी
२० जेठ, काठमाडाैँ । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छन् । शनिबार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । कार्यवाहक प्रमुख डंगोलले नगरवासीलाई
२० जेठ, कास्की । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको याम्दी–हरिचोक सडक निर्माण सुरु भएको १० महिना हुँदा पनि निर्माण सम्पन्न भएको छैन । उक्त सडक खण्डमा कालोपत्र नहुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण स्थानीयलाई आवागमनमा समस्या भएको छ । धुलो र हिलोका कारण यात्रु र सवारी चालकले
२० जेठ, बैतडी । बैतडीको पाटनमा सम्पन्न मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ । फाइनल खेलमा हिमचुली क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्दै पाटनले उपाधि हात पारेको हो । पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गर्दै हिमचुलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक
२० जेठ, बाजुरा । बाजुरामा रुखबाट खसेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहेका छन् । रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए । उनको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा
२० जेठ, चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मन्त्रालयको काम नीति बनाउने भएकाले ठेक्कापट्टाका विषयमा ध्यान नदिने बताएका छन् । ज्येष्ठ नागरिक सङ्घ चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उहाँले ठेक्कापट्टाको काम आफू नेतृत्वको मन्त्रालयले नगर्ने बताए । उनले भने, “मन्त्रालयको काम भनेको नीति, नियम र
२० जेठ, कर्णाली । राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर छ दशमलव चार प्रतिशत रहेको देखिएको छ । तीन लाख ५२ हजार नौ सय ८३ बिवाहित महिलाले हालसम्म आठ लाख ५२ हजार तीन सय २२ बच्चा जन्माएका छन् । तीमध्ये छ दशमलव चार प्रतिशत अर्थात् ५४ हजार