Trending
>>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न >>   सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ >>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

मध्यपहाडी लोकमार्ग : याम्दी–हरिचोक खण्डमा धुलो, हिलोको सास्ती


२० जेठ, कास्की । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको याम्दी–हरिचोक सडक निर्माण सुरु भएको १० महिना हुँदा पनि निर्माण सम्पन्न भएको छैन । उक्त सडक खण्डमा कालोपत्र नहुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण स्थानीयलाई आवागमनमा समस्या भएको छ । धुलो र हिलोका कारण यात्रु र सवारी चालकले सास्ती भोग्दै आएका छन् ।

सडकको धुलोका कारण स्वास्थ्यमा समस्या परेको स्थानीय प्रतीक्षा पौडेलले बताइन् । ‘यहाँ काम गर्न थालेको एक वर्ष हुन लाग्यो केही प्रगति भएको देखिएको छैन्’, उनले भनिन्, ‘यही धुलोले होला छाती दुख्ने, मुख सुक्खा हुने अनि श्वास फेर्नै गाह्रो हुन्छ ।’ धुलो कम गर्नका लागि एक पटक पानी हाले पनि दिनभर उही समस्या भोग्नुपर्ने उनको भनाइ थियो ।

पौडेलका अनुसार अस्तव्यस्त सडकका कारण दिनहुँ यहाँ सवारी दुर्घटनाको जोखिम बढेको छ । सडकको यो अवस्थाका कारण आफ्नो व्यापार पनि घटेको उनको गुनासो थियो । उनले बाटो साँघुरो भएकाले यस खण्डको जौबारी, सिम्पानी, हरिचोक क्षेत्रमा सवारी जामको समस्या पनि बढ्ेको बताइन् । यस क्षेत्रका स्थानीयवासीसँगै यात्रु र चालक दिनहुँ धुलो, हिलोको समस्यामा भोग्न बाध्य छन् । दिनहुँ हुने यस्ता समस्या र गुनासो लिएर स्थानीय जिल्ला प्रशासन कार्यालयमा पुगेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहितको टोली बिहीबार उक्त सडक खण्डको अवलोकनका लागि पुगेका थिए । अनुगमन टोलीमा आयोजना प्रमुख कल्पना अधिकारी पनि सहभागी थिइन् ।

अवलोकनका क्रममा काम मन्द गतिमा अघि बढेको भेटिएको कास्कीका प्रजिअ घिमिरेले बताए । कामले तीव्रता नपाउँदा यस क्षेत्रका स्थानीयले सास्ती भोग्न बाध्य भएका उनको भनाइ थियो । ‘यो रुट हुँदै पर्वत, बागलुङ, मुस्ताङ जाने यात्रु तथा सवारीसाधन चालकले यो खण्डमा समस्या छ भन्ने गुनासो गरेपछि हामी निरीक्षणमा निस्किएका हौँ’, प्रजिअ घिमिरेले भने, ‘यहाँ आउँदा काम त भइरहेको तर जुन रुपमा हुनुपर्ने त्यो नभएको पाइयो ।’

जनताका समस्या समाधान हुने गरी आयोजनाको काम द्रुत गतिमा अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिएको प्रजिअ घिमिरेले जानकारी दिए । ‘यो कार्य जतिसक्दो चाँडो अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिइसकेको छु’, उनले भने, ‘निर्माण कम्पनीका प्रमुखलाई पनि कार्यालयमा बोलाएको छु । उहाँलाई पनि कडाइका साथ निर्देशन दिनेछु ।’

मध्यपहाडी लोकमार्ग पर्वत–पोखरा खण्ड आयोजना प्रमुख कल्पना अधिकारीले यो खण्डको कार्य प्रगति सन्तोषजनक नरहेको स्वीकार गरिन् । ‘अहिले निर्माण कार्य भइरहेको भए पनि प्रगति त्यति सन्तोषजनक छैन्’, उनले भनिन्, ‘बिजुलीका पोललगायत कारणले केही विवाद त थियो । यसमा हामीले पत्राचार गरिसकेका छौँ । काममा ढिलाइ भएपछि निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा पनि सोचे जस्तो प्रगति भएको छैन ।’

चार लेनमा निर्माण थालिएको उक्त सडक खण्डको निर्माणको जिम्मा काठमाडौँ महाराजगञ्जस्थित मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले गरिरहेको आयोजना प्रमुख अधिकारीले जानकारी दिइन् । ‘१० महिनामा २० प्रतिशतको हाराहारीमा मात्रै काम सकिएको छ’, उनले भनिन् । अधिकारीका अनुसार दुई वर्षमा सक्ने गरी निर्माणको जिम्मा पाएकामा गत साउन १५ गतेदेखि निर्माण सुरु गरिएको थियो । कूल दुई हजार दुई सय चार मिटर लम्बाइको उक्त सडक खण्ड २५ मिटर फराकिलो बन्नेछ । सडकको बीचमा एक मिटरको डिभाइडर तथा सडक छेउमा डेढ मिटरमा नाला निर्माण हुने निर्माण कम्पनीले जनाएको छ ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?