५ असार, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दुई महिनायता कार्यकारी निर्देशक नहुँदा दैनिक कामकाज प्रभावित भएको छ । अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामग्री खरिद प्रभावित बनेको हो । बिल भुक्तानी हुन नसक्दा अत्यावश्यक सामग्री आउन छाडेपछि नियमित काममासमेत अवरोध पुगेको छ । अस्पतालका सूचना अधिकारी गृहनारायण
५ असार, ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ । पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो । उक्त घरमा लिङ्देन एक्लै बस्दै आएका थिए । पहिरो गएको बेला उनि घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय राजकुमार कँडेलले जानकारी दिए । यस्तै मेहेलेका
५ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल
५ असार, ताप्लेजुङ । वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण थालिएको छ । भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो । सोमबारदेखि धमाधम बेलीब्रीजको काम थालिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए । बेलीब्रिज निर्माण सामग्री
५ असार, काठमाडाैँ । आफ्नो क्षेत्राधिकारभित्र पर्ने संस्थागत घरबहाल कर सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व विभागले उठाइरहेकाले आफूलाई उपलब्ध गराउन मागसहित काठमाडौँ महानगरपालिकाले पत्राचार गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै संविधान र कानुनले बहाल करलाई स्थानीय सरकारको अधिकारमा राखेकामा व्यक्तिगत घरबहाल कर महानगरले
५ असार, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले क्लान्सरबाट पीडित एक महिलालाई अस्पतालमै नागरिकता प्रदान गरेको छ । पालुङटार नगरपालिका–७ की क्यान्सरपीडित रविना दराईलाई अस्पतालको सघन उपचार कक्षमै पुगेर नागरिकता प्रदान गरिएको हो । काठमाडाैँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दराईलाई त्यहीँ पुगेर नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय
५ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले जनताको धन र ज्यानको रक्षा गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिका–१२ कालिका टोलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ नभएको बताए ।
५ असार, कञ्चनपुर । जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले नेपालमा महामारीको जोखिम बढेको विज्ञहरूले बताएका छन् । पछिल्लो समय कृषि, पशु र मानिसमा भइरहेको जथाभावी एन्टिबायोटिक औषधिको अत्यधिक प्रयोगले जनस्वास्थ्यमा चुनौतीसँगै जोखिम बढेको उनीहरूले बताए । विश्वव्यापी रूपमा बढ्दै गएको ‘एन्टिमाइक्रोबिएल रेसिस्टेन्स’को असर नेपालमा पनि देखिन थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य
५ असार, धादिङ । काठमाडौँबाट २७ किलोमिटरको दूरीमा पर्ने ‘ट्रयाम्प जिपलाइन’मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । धादिङको थाक्रे गाउँपालिका–७ सातघुम्तीस्थित ‘नौबिसे ट्रयाम्प अग्र्यानिक रिसोर्ट एन्ड जिपलाइन’ नियमित सञ्चालनमा आएको एक वर्षमै करिब चार हजारले यसको मनोरञ्जन लिइसकेका छन् । एक हजार दुई सय मिटर लामो सो जिपलाइन पछिल्लो समयमा
५ असार, विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई रु एक लाख र घाइतेलाई उपचारका रु ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी