Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

क्यान्सरपीडितलाई अस्पतालमै नागरिकता


५ असार, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले क्लान्सरबाट पीडित एक महिलालाई अस्पतालमै नागरिकता प्रदान गरेको छ । पालुङटार नगरपालिका–७ की क्यान्सरपीडित रविना दराईलाई अस्पतालको सघन उपचार कक्षमै पुगेर नागरिकता प्रदान गरिएको हो ।

काठमाडाैँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दराईलाई त्यहीँ पुगेर नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत चुडानिधि तिवारीले जानकारी दिए । “नागरिकता नहुँदा राज्यबाट प्राउने उपचार सहुलियत र अन्य सुविधा पाउन कठिन भएको थियो”, उनले भने । आवश्यक प्रक्रिया पूरा गरी अस्पतालमै पुगेर नागरिकता प्रदान गरिएको तिवारीले बताए ।

दराईका श्रीमान् हितबहादुरले प्रसासनमा नागरिकता प्राप्तिका लागि आवश्यक सबै कागजपत्र पेस गरेका थिए । सोही आधारमा अस्पतालमै गएर नागरिकता वितरण गरिएको प्रशासकिय अधिकृत तिवारीले बताए । जिल्ला प्रसासन कार्यालयले कार्यालयसम्म आउजाउ गर्न नसक्ने अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको छ ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?