Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

क्यान्सरपीडितलाई अस्पतालमै नागरिकता


५ असार, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले क्लान्सरबाट पीडित एक महिलालाई अस्पतालमै नागरिकता प्रदान गरेको छ । पालुङटार नगरपालिका–७ की क्यान्सरपीडित रविना दराईलाई अस्पतालको सघन उपचार कक्षमै पुगेर नागरिकता प्रदान गरिएको हो ।

काठमाडाैँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दराईलाई त्यहीँ पुगेर नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत चुडानिधि तिवारीले जानकारी दिए । “नागरिकता नहुँदा राज्यबाट प्राउने उपचार सहुलियत र अन्य सुविधा पाउन कठिन भएको थियो”, उनले भने । आवश्यक प्रक्रिया पूरा गरी अस्पतालमै पुगेर नागरिकता प्रदान गरिएको तिवारीले बताए ।

दराईका श्रीमान् हितबहादुरले प्रसासनमा नागरिकता प्राप्तिका लागि आवश्यक सबै कागजपत्र पेस गरेका थिए । सोही आधारमा अस्पतालमै गएर नागरिकता वितरण गरिएको प्रशासकिय अधिकृत तिवारीले बताए । जिल्ला प्रसासन कार्यालयले कार्यालयसम्म आउजाउ गर्न नसक्ने अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको छ ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?