१२ असार, ताप्लेजुङ । बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुनसकेको छैन । सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण तीन दिनअघि थालेको थियो । सोमबार साँझसम्म १२ ‘ह्युमपाइप’मार्फत खोला कटाउने प्रयास गरिए पनि सफल हुन नसकेको छैन ।
१२ असार, म्याग्दी । मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छन् । उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ । बुनाईसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आएकी उनले बुनेका गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेका छन् । परम्परागत तानमा
१२ असार, सिन्धुली । पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले यहाँको फिक्कल गाउँपालिकाले सासू–बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रमअन्तर्गत छवटा वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरेको हो । यस वर्ष पनि फिक्कलले गाउँपालिकाभित्रका उत्कृष्ट सासू–बुहारीलाई सम्मान गरेको गाउँपालिका उपाध्यक्ष राजु बरालले जानकारी दिए
१२ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले बाढीले प्रभाव पार्न सक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी विस्तृत परियोजना तयार गरेको छ । बाढीले डुबान पार्ने क्षेत्रको पहिचानको कार्यसँगै पानी निकासका लागि परियोजना तयार गरिएको हो । नगरपालिकाका १२ वटै वडा भएर बग्ने स्याली, सुनवरा, वनहरा नदी र अन्य खोलासहित एक सय ३० किलोमिटर
१२ असार, काठमाडाैँ । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै
१२ असार ,जाजरकोट । पचास शय्याको जाजरकोट जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सङ्घीय आयोजना कार्यान्वन एकाइ सुर्खेतले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई सोमबार हस्तान्तरण गरेको हो । विसं २०७७ असार २७ गते भवन निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको थियो भने २०७९ चैत २४ गते निर्माण
१२ असार ,चितवन । सङ्घीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ । भरतपुर अस्पतालमा अहिले दैनिक एक हजार पाँच सय हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । चितवनसहित १२ जिल्लाका बिरामीको उपचार नियमित गर्ने गरेको यस अस्पतालमा अहिले स्वीकृत दरबन्दी एक सय
१२ असार ,मङ्गलबारे । इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन । गए राति करिब २ः०० बजेबाट आगलागी
१२ असार ,गोरखा । भिरबाट लडेर बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतबार जङ्गलमा काठ लिन भनेर गएका गुरुङ नफर्किएपछि खोजी गर्ने क्रममा अमलेस्थित जङ्गलमा सोमबार मृतावस्थामा फेला परेको बताए । “परिवारका सदस्यसहित
१२ असार ,दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउने भएको छ । पहाडकी रानी नामले परिचिते बन्दीपुरले आगामी आर्थिक वर्षमा ‘सभ्य समाजको गाउँ, बन्दीपुर घुम्न जाउँ’ अभियान सञ्चालन गर्न लागेको हो । बन्दीपुरको पर्यटनलाई विश्वसनीय, भरपर्दो र आकर्षक बनाउन विभिन्न प्रवर्द्धनका कार्यहरू प्राथमिकताका साथ अगाडि