Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कञ्चनपुरमा डुबान पर्ने जोखियुक्त क्षेत्र पहिचान


१२ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले बाढीले प्रभाव पार्न सक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी विस्तृत परियोजना तयार गरेको छ । बाढीले डुबान पार्ने क्षेत्रको पहिचानको कार्यसँगै पानी निकासका लागि परियोजना तयार गरिएको हो ।

नगरपालिकाका १२ वटै वडा भएर बग्ने स्याली, सुनवरा, वनहरा नदी र अन्य खोलासहित एक सय ३० किलोमिटर क्षेत्रको सर्भेको कार्य गरी जोखियुक्त क्षेत्र पहिचानको कार्य गरिएको नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीले बताए ।

“नदी क्षेत्रको ३६ किलोमिटर दुवै किनारा गरी ७२ किलोमिटर क्षेत्र अति जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएका छौँ”, उनले भने, “अति प्रभावित क्षेत्रमा नदी नियन्त्रणका लागि भरपर्दो तटबन्ध निर्माण गर्नुपर्ने देखिन्छ, नदी नियन्त्रणका लागि तटबन्धलगायतका संरचना निर्माणका लागि दीर्घकालीन योजना लागू गर्नुपर्छ ।”

उनका अनुसार नदी नियन्त्रण संरचना निर्माणका लागि रु एक करोड ८८ लाख २७ हजार एक सय ५७ प्रतिकिलोमिटर लागत लाग्ने अनुमान गरिएको छ । नगरपालिकाका १२ वटै वडामा बाढी र वर्षात्को पानीको सुरक्षित निकासको भरपर्दो व्यवस्था हालसम्म हुनसकेको छैन । परियोजनाअन्तर्गत डुबान पर्ने ५२ क्षेत्रको सर्भेको कार्य गरिएको छ ।

डुबान पर्ने क्षेत्रको पानी सुरक्षित तरिकाले निकास गर्नका लागि नजिकको खोलासँग नाला निर्माण गरी जोड्न सकिने योजना अघि सारिएको छ । जसको लागत अनुमान रु नौ करोड ७२ लाख एक हजार तीन सय ४७ रहेको छ ।

“नदीको जोखिमबाट नगरवासीलाई जोगाउनका लागि र खेतीयोग्य, आवास, सार्वजनिक क्षेत्रको जग्गा क्षय हुने डुबान हुने कार्य रोक्नका लागि विस्तृत परियोजना तयार गरेका छौँ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “परियोजना कार्यान्वयनका लागि कार्य अगाडि बढाउँछौँ ।”

उनका अनुसार नगरपालिकाले बहुवर्षे नगर गौरवका योजनाअन्तर्गत नगर चक्रपथ, नगरस्तरीय कभर्डहल र लक्ष्मीपुर खानेपानी आयोजना निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाएको छ । यसैगरी नगर यातायात गुरुयोजना निर्माण गरेको छ । जसअनुसार नगरपालिकाको सडक सञ्जाल तीन सय ३८ दशमलव १५ किलोमिटर रहेको छ । हालसम्म ५१ दशमलव २८ किलोमिटर सडक कालोपत्र, ४८ दशमलव ६३ किलोमिटर सडक कच्ची र दुई सय ३८ दशमलव २४ किलोमिटर सडकमा ग्राभेल गरिएको छ ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?