Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

आगलागीबाट आठ घर जलेर नष्ट


१२ असार ,मङ्गलबारे । इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन ।

गए राति करिब २ः०० बजेबाट आगलागी भएको थियो । स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागीबाट के–कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन । रातको समय र आगलागी पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ ।

आगलागी के कारणले भयो समेत खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?