Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

उत्कृष्ट सासू–बुहारी सम्मानित


१२ असार, सिन्धुली । पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले यहाँको फिक्कल गाउँपालिकाले सासू–बुहारीलाई सम्मान गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रमअन्तर्गत छवटा वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरेको हो ।

यस वर्ष पनि फिक्कलले गाउँपालिकाभित्रका उत्कृष्ट सासू–बुहारीलाई सम्मान गरेको गाउँपालिका उपाध्यक्ष राजु बरालले जानकारी दिए । गाउँघरमा सासू–बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने उद्देश्यले समाजमा रहेका अनुकरणीय सासू–बुहारीलाई गाउँपालिकाले हरेक वर्ष सम्मान गर्दै आएको उनले जानकारी दिए ।

प्रत्येक वडाका उत्कृष्ट सासू–बुहारीलाई खोजी हरेक वर्ष गाउँपालिकाले सम्मान गरिने कार्यलाई निरन्तरता दिने बताए । ज्येष्ठ नागरिकलाई गरिने व्यवहार सकारात्मक र बुहारीलाई पनि छोरीसरह व्यवहार होस् भनेर गाउँपालिकाले सम्मान गर्दै आएको र सबै वाडामा यसै प्रकारले सम्मान गरिने उनको भनाइ छ ।

गाउँपालिकाले मेलमिलापका साथ सासू–बुहारीसँगै बसेका छ वडाका १२ सासू–बुहारीलाई प्रमाणपत्रसहित दोसल्ला आढाएर सम्मान गरेको छ । सम्मानित हुनेमा वडा नं १ का मुसीमाया कामी, अन्जना विक, वडा नं २ का बालकुमारी मगर, गङ्गाकुमारी मगर, वडा नं ३ का कल्पना कुमारीश्रेष्ठ, मुना श्रेष्ठ, वडा नं ४ का मैया आले र लीलाकुमारी मगर, वडा नं ५ शिवकुमारी घिमिरे, पार्वती घिमिरे र वडा नं ६ का बुद्धमाया मगर र जमुना मगर रहेका छन् ।

उनिहरूलाई सासूले बुहारीलाई छोरी समान र बुहारीले सासुलाई आमाको भूमिकामा राखेको जनाउँदै सम्मान गरिएको हो । गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले समाजमा सासू–बुहारीबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउनुपर्नेमा जोड दिए । अब सासु होइन आमा र बुहारी नभई छोरीको सम्बन्ध कायम गर्नुपर्ने उनले बताए ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?