१७ वैशाख, वीरगन्ज । बचतकर्ताको करोडौँ रकम लिई फरार भएका वीरगन्जस्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अझै पक्राउ पर्न सकेका छैनन् । वीरगन्ज महानगरपालिका–१७ रामगढवास्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राहुल सिंह र कोषाध्यक्ष बलराम साहलगायतका पदाधिकारी बचतकर्ताको रु १० करोडभन्दा बढी रकम लिई फरार भएका छन्
१७ वैशाख, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाभित्र बाह्य विज्ञापन गर्न नपाइने भएको छ। शुक्रबार सार्वजनिक भएको ‘काठमाडौँ महानगरपालिका बाह्य विज्ञापन नियमन निर्देशिका’मा महानगरपालिकामा विद्युत् र टेलिफोनको खम्बा, सडकपेटी र सार्वजनिक प्रयोगका संरचनामा विज्ञापन गर्न नपाइने व्यवस्था गरिएको छ। यो निर्देशिका स्थानीय राजपत्रमा समेत प्रकाशित गरिएको महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निर्देशिकाको
१७ वैशाख, चितवन । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । जसमा छ जनाको निकुञ्ज क्षेत्रमा र तीन जनाको डिभिजन वन क्षेत्र मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद
१७ वैशाख, सिन्धुली । सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा कार दुर्घटना हो । काठमाडौँबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नंको रातो ग्रेटवाल कार दुर्घटनामा परी कार चालक झापा चारपाने बस्ने ४३
१७ वैशाख, जनकपुर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनकपुरधामस्थित अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमको आयोजना गरी गृहमन्त्री श्रेष्ठले मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित हुलाक कार्यालय परिसरमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालयको समुद्घाटन गरेका हुन् ।
१७ वैशाख, दाङ । दाङको कर्णाली भनेर चिनिने ‘गङ्गटे’ भौगोलिक हिसाबले मात्रै नभई विकासका हिसाबले पनि निकै पछि छ । बबई गाउँपालिका–१ मा पर्ने उक्त ठाउँमा विद्युत्का पोल गाडिएको चार वर्ष भयो । दुई वर्षअघि त्यहाँ विद्युत् उद्घाटन पनि भयो । तर त्यो विद्युत् उद्घाटनको दिन मात्रै बल्यो, त्यसपछि विद्युत् बलेन
१७ वैशाख, जनकपुरधाम । त्रेता युगमा वैशाख शुक्ल नवमी दिन जगज्जननी माता जानकी प्रकट (जन्म) भएको उपलक्ष्यमा शनिवार मिथिला क्षेत्रमा हर्षोल्लासका साथ जानकी नवमी मनाइएको छ । नेपाललगायत भारतका सीता–राम मन्दिरमा मनाइने जानकी प्राकट्य महोत्सव मिथिलाका राजर्षि राजा जनकको राजधानी जनकपुरधाममा भने विगतका वर्षहरूमा जस्तै धूमधामका साथ मनाइएको जानकी मन्दिरका सहमहन्थ
१७ वैशाख ,ओखलढुङ्गा । शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ । घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो । बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र
१७ वैशाख ,ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद उद्यान (पार्क) निर्माण गर्न थालेको छ । गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न थालेको हो । सहिदउद्यानसँगै वडा कार्यालयले चौतारा निर्माण गरिरहेको छ । सहिद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई
१७ वैशाख ,खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो । यसअघिसम्म कक्षा ८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी तुवाचुङले गत चैत ९ देखि १६ गतेसम्म कक्षा ४ देखि ९ सम्मको नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेको हो