Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

प्रदेश समाचार


संविधान र सङ्घीयता कार्यान्वयनले मात्र प्रदेश बलियो हुन्छ: कानुनमन्त्री जिसी

कर्णाली। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले संविधान र सङ्घीयता कार्यान्वयनबाट मात्र प्रदेश तथा स्थानीय सरकार बलियो हुने बताएका छन् । संविधानले तीनै तहका सरकारको एकल र साझा अधिकारको व्यवस्था गरेकाले ती अधिकार कार्यान्वयनका लागि मुलतः सङ्घीय सरकारको विशेष भूमिका रहने उनले बताएका हुन्। जिसीले भने, “संविधान

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन,बागलुङ। आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौं, पोखरा जाने यातायातका साधन ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिए।

बाँदर आतङ्कबारे पोखरा महानगरका मेयरलाई खुला पत्र

काठमाडौं। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई २६ वडाका सदस्य सुदिप ढुङ्गानाले खुला पत्र लेखेका छन् । पछिल्लो समय पोखरामा बाँदर आतङ्क र यसले पारेको असरबारे गहिरो बहस भइरहेका बेला वडा सदस्य ढुङ्गानाले मेयरलाई खुला पत्र लेखेका हुन् । उनले लेखेको खुला पत्र जस्ताको तस्तै । मेयर साहेब, नमस्कार, हामी निर्वाचित

आहारारा पोखरा गोल्डकपः चर्च ब्वाइज र आर्मी भिड्दै

कास्की। पोखरामा जारी राट्रिय तथा अन्तर्राष्टिय अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि भिड्दै छन् । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा अपराह्न हुने यी दुई टोलीबीच दोस्रो सेमिफाइनलको खेल सञ्चालन हुन लागेको हो । आजको विजेता

बागलुङको माथिल्लो क्षेत्रमा भारी हिमपात, जनजीवन कष्टकर

ढोरपाटन,बागलुङ। बागलुङको माथिल्लो क्षेत्रमा यस वर्ष दोस्रो हिमपात भएको छ । बुधबार साँझदेखि मौसम परिवर्तन भएसँगै आज बिहानैदेखि हिमपात सुरु भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे बनेको छ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्नेमा पनि हिमपात भएको निसीखोला गाउँपालिका–६ का स्थानीय ओमबहादुर घर्ती मगरले जानकारी दिएका छन्

मधेस प्रदेश ज्ञान विज्ञानको केन्द्र भएको छ:  प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशलाई ज्ञान विज्ञानको केन्द्र भएको बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजा जनकले ज्ञानी ऋषि मुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले भने, ‘सङ्घीय संरचनाअन्तर्गत मधेस प्रदेशमा रहेको सम्पूर्ण मधेस प्रदेशलाई पुनः

गण्डकी प्रदेशमा योजना कार्यान्वयन सुस्त

गण्डकी। गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई आफ्ना वार्षिक नीति तथा कार्यक्रमलाई गति दिन सुझाव दिइएको छ । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको बुधबारको बैठकमा समितिका सभापति, सदस्यलगायतले चा.लु आवको बजेट आएको आठ महिना बित्न लाग्दासमेत मन्त्रालयका योजना कार्यान्वयनमा सुस्तता देखिएको बताएका हुन् । उक्त समितिका सदस्य

कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा हिमपात

काठमाडौं। कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरूमा आज हिमपात भएको छ । मुगु, हुम्ला, जुम्ला र डोल्पा लगायत उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको हो । लामो प्रतीक्षापछि हिमपात भएकाले अब बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् । विगतमा मंसिर, पुसबाटै हिमपात हुने गरेको भए पनि यो वर्ष ढिला

पर्यटक तान्ने थलो बन्‍दै गण्डकीको माझीकुना

गण्डकी। बेगनास आफैँमा चित्रमय भूगोल हो । ताल, हिउँचुचुरा, पाखापखेरु र वनवाटिकाले बेगनास क्षेत्र सज्जित छ । प्रकृतिका अनेक वैभवले पूर्ण छ बगेनास । तीमध्ये एक हो बेगनास तालको पूर्वी किनारछेउ चिटिक्क मिलेको बस्ती माझीकुना । १५ वर्षअघिसम्म निर्जन चौर र वनपाखाले ढाकिएको माझीकुना अहिले पर्यटक तान्ने थलो बनेको छ

हतुवागढी गाउँपालिकामा लोकसेवा र शिक्षकसेवाको निःशुल्क तयारी कक्षा

भोजपुर। हतुवागढी गाउँपालिकाले लोकसेवा तथा शिक्षासेवा आयोगका परीक्षार्थीलाई लक्षित गरी स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । उक्त गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन सुरु गरेको हो । त्यस्तै, लोकसेवा र शिक्षकसेवा आयोगले लिने परीक्षा तयारीका लागि टाढा जानुपर्ने र

सम्वन्धित समाचारहरु