Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

संविधान र सङ्घीयता कार्यान्वयनले मात्र प्रदेश बलियो हुन्छ: कानुनमन्त्री जिसी


कर्णाली। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले संविधान र सङ्घीयता कार्यान्वयनबाट मात्र प्रदेश तथा स्थानीय सरकार बलियो हुने बताएका छन् ।

संविधानले तीनै तहका सरकारको एकल र साझा अधिकारको व्यवस्था गरेकाले ती अधिकार कार्यान्वयनका लागि मुलतः सङ्घीय सरकारको विशेष भूमिका रहने उनले बताएका हुन्। जिसीले भने, “संविधान प्रदत्त अधिकार लागू गर्न सङ्घीय सरकार नै अग्रसर हुनुपदर्छ । संवैधानिक व्यवस्थाअनुसार अभ्यास हँुदै गए सङ्घीयताको मर्म पूरा हुन्छ ।”

सो कार्यका लागि यही माघ १४ गते गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी भएकोे बैठकले ‘प्रहरी समायोजन ऐन, २०७६’ तर्जुमाका लागि सङ्घ र प्रदेश सरकारबीच सहमति भएको उनले जानकारी दिद ैलामो समयदेखि अगाडि बढ्न नसकेको प्रहरी समायोजनको कार्य गृह मन्त्रालयले शीघ्र अघि बढाउने निर्णय भएको मन्त्री जिसीले उल्लेख गरेका छन् ।

उक्त बैठकले मुलुकको शान्ति र सुरक्षासम्बन्धमा प्रदेशगतरूपमा समीक्षा गर्नाका साथै सङ्घीय गृह मन्त्रालय र प्रदेश सरकारका सम्बन्धित मन्त्रालयबीच सहकार्य तथा समन्वयलाई थप सुदृढ बनाउने पनि बैठकले निर्णय गरेको उनको भनाइ रहेको थियोे ।

उनका अनुसार प्रहरी समायोजनका लागि उपरोक्त कानुन तर्जुमा तथा संशोधन गर्न केन्द्रीय सरकार र प्रदेश सरकारबीच सहमति, समन्वय र सहकार्य गरी अघि बढ्ने र बैठकको निर्णयसहितको सुझाव राष्ट्रिय समन्वय परिषद्लाई दिने निर्णय भएको छ ।

कर्णालीका नागरिक समाजका अगुवा पिताम्बर ढकालले नेपालको संविधानको अनुसूची ६ ले प्रदेशको अधिकारका साथै प्रदेश प्रहरी र शान्ति सुरक्षाको व्यवस्था गरेकाले त्यहीअनुसार अगाडि बढ्न सङ्घीय सरकारले सहज वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “संविधानमा व्यवस्था गरिएका हक अधिकार नै कार्यान्वयनमा आउने हो । ती अधिकार कार्यान्वयन भएमात्र सङ्घीय व्यवस्था बलियो भएर जान्छ ।”


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?