Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आहारारा पोखरा गोल्डकपः चर्च ब्वाइज र आर्मी भिड्दै


कास्की। पोखरामा जारी राट्रिय तथा अन्तर्राष्टिय अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि भिड्दै छन् ।

पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा अपराह्न हुने यी दुई टोलीबीच दोस्रो सेमिफाइनलको खेल सञ्चालन हुन लागेको हो । आजको विजेता टोली प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ । विजेताले माघ २० गते प्रतियोगिताको उपाधिका लागि थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ । विभागीय टोली आर्मीले प्रतियोगिताको प्रिक्वाटरफाइनलको खेलमा राइजिङस्टर एफसी र क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

त्यसैगरी चर्च ब्वाइजले क्वाटरफाइनलमा सिधै स्थान पाएको थियो भने क्वाटरफाइनलको खेलमा चर्च ब्वाइजले नेपाल पुलिसलाई हराएर सेमिफाइनल पुगेको टोली हो । थ्रीस्टार क्लब बुधबार सम्पन्न पहिलो सेमिफाइनलको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गरी उपाधि नजिक पुगेको हो । यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ । त्यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् भने सो प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?