३१ वैशाख ,जलेश्वर । महोत्तरी प्रहरीले आज जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट हतियारसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको बाजोपट्टी ग्राम पञ्चायत वडा नम्बर–६ बस्ने रामवृक्ष यादवका छोरा २६ वर्षीय पप्पु यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
३१ वैशाख ,वागमती । हेटाैँडा उपमहागनरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि जनस्तरबाट सुझाव माग गरेको छ । यसका लागि उपमहानगरले क्यूआर कोड सार्वजनिक गरेको छ । उपमहागनरपालिकाले सुझाव सङ्कलन गर्नका लागि सबै नागरिक कार्यालयमा उपस्थित हुन नभ्याउने भएकाले क्यूआर कोड सार्वजनिक गरेको छ । “हेटौँडा
३१ वैशाख ,बलेवा । वर्षापछि आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक बन्द भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो । आज दिउँसोदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा
३१ वैशाख ,चितवन । स्व शङ्कर कँडेलले न्याय पाउने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् । नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ ले आज भरतपुर महानगरपालिका–८ स्थित कँडेल निवासमा आयोजना गरेको शोक सभामा बोल्दै कांग्रेसका नेताहरूले यस्तो बताएका हुन् । सभामा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले स्व कँडेललाई
३१ वैशाख ,मुग्लिन । लम्पी स्किन रोग फैलिँदै गएपछि चितवनको इच्छाकामनामा पशु चिकित्सक र प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेका छन् । रोग फैलिन नदिन र सङ्क्रमित गाईवस्तुको उपचारका लागि पशु चिकित्कस तथा प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । उनका अनुसार यस रोगबारे किसानलाई आवश्यक परामर्शसमेत दिँदै आएका
३१ वैशाख, बुटवल । बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो । सो गिरोहले घर भाडामा लिएर अखाद्यपदार्थ मिसावट गरी मह उत्पादन गरी बिक्री गर्दै आएको वडा प्रहरी
३१ वैशाख, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो । हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास
३१ वैशाख, बागलुङ । बलेवा जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सको भाडादरमा एकरुपता कायम नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सरोकारवाला निकायले एम्बुलेन्सको भाडादरमा एकरुपता बनाउनेतर्फ समयमा नै ध्यान नदिँदा सेवाग्राहीले फरक फरक भाडा तिर्न बाध्य छन् । यातायात व्यवस्था कार्यालय बागलुङको अगुवाइमा स्वास्थ्य कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरी
३१ वैशाख, काठमाडाैँ । पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा बसेको कोष सञ्चालक परिषद्को बैठकले थप चार विद्युतीय शवदाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने निर्णय गरेको कोषका सदस्य सचिव
३१ वैशाख, महोत्तरी । भारतबाट पेस्तोल लिएर आउन लागेका युवक पक्राउ परेका छन् । महोत्तरीको एकडारा गाउँपालिका–४, हल्खोरी बजारबाट पेस्तोलसहित ती युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको सीतामढीका २६ वर्षीय पप्पु यादव रहेका छन् । उनी शनिबार पक्राउ परेको बताइएको छ । बीआर३०वाई ९१४२ नम्बरको मोटरसाइकल लिएर नेपालतर्फ