२४ भदाै, ताप्लेजुङ । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ। अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो। बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा ताप्लेजुङका किसान तथा व्यवसायी उत्साहित भएका छन्। सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज
२४ भदौ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१६ सुकौरास्थित जालपा चिलाउने स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले शनिबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । जालपा चिलाउने क्षेत्रका बिरामीलाई उपचारका लागि अन्यत्र जान निःशुल्करूपमा सेवा प्रदान गर्न तथा बिरामी अन्यत्र लैजान एम्बुलेन्स हस्तान्तरण गरिएको नगरप्रमुख बस्नेतले बताए ।
२४ ,भाद्र ,म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई
२४ ,भाद्र ,दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिममा देउडाको आफ्नै विशिष्ट पहिचान रहेको बताएका छन् । शनिबार खप्तड समाज महेन्द्रनगरले आयोजना गरेको देउडा कार्यक्रममा उनले देउडाको आफ्नै विशिष्ट पहिचान भएकाले यसको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्ने बताए । “सुख दुःख साट्न र भेटघाटका लागि देउडा एउटा
२३ ,भाद्र ,गलेश्वर (म्याग्दी) । गत साउन २८ गते कागखोलामा आएको बाढीबाट पीडित कागबेनीवासीका लागि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले आज रु १५ लाख बराबरको राहत सामग्री पठाएको छ । मुस्ताङको वारागुङ मुक्ति क्षेत्र–४, कागबेनीधामका बाढी पहिरो पीडितका लागि आपत्कालीन राहत सामग्री पठाएको हो । लायन्स अन्तर्राष्ट्रिय एलसीआइएफको डिजास्टर
२३ भदाै, सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज साँझ ५ बजेदेखि भोलि विहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिए । शुक्रबार साँझ मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्ण भगवानीको मूर्ति विसर्जन गरी
२३ भदाै, धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रश्न गरेकै आधारमा एक युवकलाई थुनाएका छन् । शुक्रबार लागु औषधविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेका बेला धरान-१५ का अशोक लिम्बूले साम्पाङलाई धरानमा मान्छे डेंगीले बिरामी भएको तर तपाईं चाहिँ फोटो खिचाउँदै हिँड्ने? भन्दै प्रश्न गरेका थिए । तर, मेयर साम्पाङले भने उनले
२३ भदाै, कालीकोट । कालीकोटको सदरमुकाम मान्माँ बजारबाट बिहीबार रातिदेखि आमा–छोरा बेपत्ता भएका छन् । रातिदेखि चार वर्षीय छोरासहित एक महिला बेपत्ता भएपछि अपहरण भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् । पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी –१ लुसा माइतीघर भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही
२३ भदौ, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबालीमा क्षति पुर्याएको हो । स्थानीय राजबहादुर तमोली वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै
२३ भदौ, पोखरा । भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो ।