Trending
>>   मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा >>   काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह… >>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो >>   ओलीलक्षित माधवको टिप्पणीः अरु आउँदा मेरो नेतृत्व खोसिएला भनेर पार्टी प्रवेश गर्न दिइएन >>   मधेसको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

कागबेनीका बाढी पीडितलाई १५ लाखको राहत सामग्री


२३ ,भाद्र ,गलेश्वर (म्याग्दी) । गत साउन २८ गते कागखोलामा आएको बाढीबाट पीडित कागबेनीवासीका लागि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले आज रु १५ लाख बराबरको राहत सामग्री पठाएको छ ।

मुस्ताङको वारागुङ मुक्ति क्षेत्र–४, कागबेनीधामका बाढी पहिरो पीडितका लागि आपत्कालीन राहत सामग्री पठाएको हो ।

लायन्स अन्तर्राष्ट्रिय एलसीआइएफको डिजास्टर रिलिफ इमर्जेन्सीग्रान्टअन्तर्गत प्राप्त दश हजार डलर र डिष्ट्रिक्ट ३२५ आई नेपालको ‘डिजास्टर फण्ड’बाट करिब रु दुई लाख रकम गरी रु १५ लाख बराबरको समान पठाइएको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी सन्तोष रावलले जानकारी दिए ।

एक परिवारका लागि तत्कालको आवश्यकता भाँडादेखि खाद्यान्नसहितका सामग्रीमा चामल, नुन, तेल, चिनी चियापत्ती, प्रेसर कुकर, थाल, कचौरा, डाडु पनियो, ब्लाङकेट, म्याट्रेसलगायतका दैनिक उपभोग्य वस्तु पठाइएको रावलले बताए ।

कागबेनीधाममा साउन २८ गते साँझ कागबेनी गाउँमाथिको मुक्तिनाथ शिर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठूलो क्षति पुर्याएको थियो ।

बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबारविहीन बनेका छन् । ठाँडो खोलाको बाढीले २९ घर बगाएको थियो भने केही घरमा आंशिक क्षति पुर्याएको थियो ।

बाढीले स्थानीयका घर, पसल, होटल, प्रहरीचौकी भवन, वडा कार्यालयलगायतका घर पूरै बाढीले बगाएको थियो । राहत सामग्री पठाउँदै रावलले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने उदगार साथ लायन्सले सहयोग गर्दै आएको बताए ।

उनले लायन्सले बाढी, पहिरो, भूकम्प, आँधीहुरीजस्ता अन्य प्राकृतिक प्रकोप एवं विपद् आदिको व्यवस्थापन गर्दै र पीडितलाई राहत तथा उद्धारको काम गर्दै आएको जानकारी दिनुभयो ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?