Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

देउडा सुदूरपश्चिमको पहिचान हो : प्रदेश प्रमुख जोशी


२४ ,भाद्र ,दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिममा देउडाको आफ्नै विशिष्ट पहिचान रहेको बताएका छन् ।

शनिबार खप्तड समाज महेन्द्रनगरले आयोजना गरेको देउडा कार्यक्रममा उनले देउडाको आफ्नै विशिष्ट पहिचान भएकाले यसको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्ने बताए ।

“सुख दुःख साट्न र भेटघाटका लागि देउडा एउटा उपयोगी माध्यम बनेको छ”, प्रदेश प्रमुख जोशीले भने, “समाजको विकासका लागि संस्कृतिको ठूलो भूमिका हुन्छ ।”

उनले पछिल्लो समय विभिन्न सङ्घ संस्थाले संस्कृति संरक्षणका लागि विभिन्न कार्यक्रम आयोजना गरिरहेकाले पछिल्लो पुस्ताले समेत संस्कृतिको बारेमा जान्ने अवसर पाएको बताए ।

“अहिले देउडा सुदूरपश्चिममा मात्रै नभई काठमाडौँमा समेत भव्यरुपमा हुने गरेको छ”, उनले भने, “यसले सुदूर र कर्णालीको संस्कृति देशभरिका नागरिकले देख्न पाएका छन् ।”

सो अवसरमा सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री लालबहादुर खड्काले देउडा मनोरञ्जनका लागि मात्रै नभई देउडामा यहाँको संस्कृति र सभ्यता भएकाले यसको जर्गेना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश प्रमुख जोशीसँगै सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री प्रकाश रावल र लालबहादुर खड्का भीमदत्त नगरपालिकाका पूर्वमेयर यज्ञराज जोशी जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष दुर्गा बोहरालगायतले मन्तव्य राखेका थिए ।

सो समारोहमा प्रदेश प्रमुख र प्रदेशसभा सदस्यलगायतका व्यक्तिले देउडा खेलेका थिए ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?