Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

होटलमा खाना खाएर सुत्न गएका आमाछोरा राति नै बेपत्ता


२३ भदाै, कालीकोट । कालीकोटको सदरमुकाम मान्माँ बजारबाट बिहीबार रातिदेखि आमा–छोरा बेपत्ता भएका छन् । रातिदेखि चार वर्षीय छोरासहित एक महिला बेपत्ता भएपछि अपहरण भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।

पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी –१ लुसा माइतीघर भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीय छोरा टेकेन्द्र शाही मान्मा नावगैरास्थित कोठावाट बेपत्ता भएका हुन् । जैसी दैलेख भगवतीमाई गाउँपालिका वडा ५ कट्टी घर भएर मान्मा बजारमा व्यवसाय गर्दैआएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्मा बजारमा व्यवसाय गर्दैआएका शाहीले पहिलो बिवाह पनि कालिकोट बाटै गरेका थिए । विवाह गर्छु भन्दै सम्वन्ध राखेपछि गीताबाट छोरा जन्मेका थिए ।

श्रीमती र छोरा मार्ने धम्की दिने शाहीका बारेमा भदौ ११ गते समाचार प्रकाशित भएपछि प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

गएराति ९ बजे मान्मा बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठामा गएका आमाछोरा राति नै बेपत्ता पार्ने शाही परिवार हुनसक्ने माइती पक्षको आरोप छ । सुवेदी होटलका सञ्चालक नमराज सुवेदीका अनुसार पेट दुख्यो भन्थिन्, राति ११ बजे फोन गर्दा कट्यो । जैसी र उनका नावालक छोरालाई राति नै बेपत्ता बनाएको आरोप माइती पक्षको छ । जाहेरीपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?