Trending
>>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै >>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

होटलमा खाना खाएर सुत्न गएका आमाछोरा राति नै बेपत्ता


२३ भदाै, कालीकोट । कालीकोटको सदरमुकाम मान्माँ बजारबाट बिहीबार रातिदेखि आमा–छोरा बेपत्ता भएका छन् । रातिदेखि चार वर्षीय छोरासहित एक महिला बेपत्ता भएपछि अपहरण भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।

पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी –१ लुसा माइतीघर भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीय छोरा टेकेन्द्र शाही मान्मा नावगैरास्थित कोठावाट बेपत्ता भएका हुन् । जैसी दैलेख भगवतीमाई गाउँपालिका वडा ५ कट्टी घर भएर मान्मा बजारमा व्यवसाय गर्दैआएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्मा बजारमा व्यवसाय गर्दैआएका शाहीले पहिलो बिवाह पनि कालिकोट बाटै गरेका थिए । विवाह गर्छु भन्दै सम्वन्ध राखेपछि गीताबाट छोरा जन्मेका थिए ।

श्रीमती र छोरा मार्ने धम्की दिने शाहीका बारेमा भदौ ११ गते समाचार प्रकाशित भएपछि प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

गएराति ९ बजे मान्मा बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठामा गएका आमाछोरा राति नै बेपत्ता पार्ने शाही परिवार हुनसक्ने माइती पक्षको आरोप छ । सुवेदी होटलका सञ्चालक नमराज सुवेदीका अनुसार पेट दुख्यो भन्थिन्, राति ११ बजे फोन गर्दा कट्यो । जैसी र उनका नावालक छोरालाई राति नै बेपत्ता बनाएको आरोप माइती पक्षको छ । जाहेरीपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?