Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

आँफुलाई प्रश्न गर्ने व्यक्तिलाई पक्राउ गरी प्रहरी हिरासतमा पुर्याए हर्क साम्पाङले (भिडियो)


२३ भदाै, धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रश्न गरेकै आधारमा एक युवकलाई थुनाएका छन् ।

शुक्रबार लागु औषधविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेका बेला धरान-१५ का अशोक लिम्बूले साम्पाङलाई धरानमा मान्छे डेंगीले बिरामी भएको तर तपाईं चाहिँ फोटो खिचाउँदै हिँड्ने? भन्दै प्रश्न गरेका थिए । तर, मेयर साम्पाङले भने उनले ‘विरोध गरेको’ टिप्पणी गरेका थिए ।

त्यसपछि, मेयर साम्पाङको निर्देशनमा नगर प्रहरीले अशोकलाई पक्राउ गर्छन् । नगर प्रहरीले पक्राउ गरेर अशोकलाई इलाका प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।

अशोकले स्वतन्त्रताको नाममा अराजकता फैलाएको भन्दै पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको भन्दै मेयर साम्पाङले फेसबुकमा स्टाटस लेखेका छन् ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?