Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

आँफुलाई प्रश्न गर्ने व्यक्तिलाई पक्राउ गरी प्रहरी हिरासतमा पुर्याए हर्क साम्पाङले (भिडियो)


२३ भदाै, धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रश्न गरेकै आधारमा एक युवकलाई थुनाएका छन् ।

शुक्रबार लागु औषधविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेका बेला धरान-१५ का अशोक लिम्बूले साम्पाङलाई धरानमा मान्छे डेंगीले बिरामी भएको तर तपाईं चाहिँ फोटो खिचाउँदै हिँड्ने? भन्दै प्रश्न गरेका थिए । तर, मेयर साम्पाङले भने उनले ‘विरोध गरेको’ टिप्पणी गरेका थिए ।

त्यसपछि, मेयर साम्पाङको निर्देशनमा नगर प्रहरीले अशोकलाई पक्राउ गर्छन् । नगर प्रहरीले पक्राउ गरेर अशोकलाई इलाका प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।

अशोकले स्वतन्त्रताको नाममा अराजकता फैलाएको भन्दै पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको भन्दै मेयर साम्पाङले फेसबुकमा स्टाटस लेखेका छन् ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?