Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै


अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै

एजेन्सी। अमेरिकी सेनाले सिरियाको हसकाह प्रान्तमा रहेको कासरक सैन्य आधारबाट फिर्ता हुन थालेको छ । तिनीहरूलाई इराकतर्फ पुनः तैनाथ गरिएको छ ।

सिरिया टीभीले सोमवार यो खबर रिपोर्ट गरेको छ । तर थप विवरण भने उपलब्ध गराएको छैन । यो कदम सिरियामा अमेरिकी नेतृत्वको गठबन्धन सेनाहरूको केही भागबाट फिर्ता हुने अर्को चरण हो । यस महिनाको शुरुमा सिरियाको अन्तरिम प्राधिकरणले अमेरिकासँगको समन्वयमा हसकाह प्रान्तको शद्दादी सैन्य आधार र सिरिया–इराक–जोर्डन सीमामा रहेको तानफ आधार नियन्त्रणमा लिएको बताएको थियो ।

यसैबीच, अमेरिकी मिडियाले वाशिंगटनले सिरियाबाट आफ्ना लगभग १ हजार सैनिकहरूलाई पूर्ण रूपमा फिर्ता लैजाँदै गरेको रिपोर्ट गरेको छ । बाँकी अमेरिकी सेनाहरू आगामी दुई महिनाभित्र देश छोड्ने अपेक्षा गरिएको छ । जसले दशक लामो अमेरिकी सैन्य उपस्थितिको अन्त्य गर्नेछ ।

अमेरिकी सेनाहरू सन् २०१४ मा इस्लामिक स्टेट (आईएस) लाई परास्त गर्नका लागि सिरियामा पहिलो पटक तैनाथ भएका थिए । यो फिर्ता प्रक्रिया सिरियाको उत्तरपूर्वी क्षेत्रमा कु¥दिश सेनाहरूबाट सिरियाली सेनाले नियन्त्रण लिन थालेपछि भएको हो । जसले क्षेत्रीय शक्ति सन्तुलनमा परिवर्तन ल्याउने देखिएको छ ।


प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?